६ श्रावण २०८३, बुधबार | July 22, 2026

अनुदान उपलब्ध गराउन उखु किसानको माग



महोत्तरी । महोत्तरीसहित मधेसका उखु किसानले अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सङ्घीय सरकारको बजेटमा उखुखेतीमा दिइँदै आएको अनुदान सम्बोधन नभएपछि किसानले यसबारे पुनर्विचारका लागि आग्रह गरेका हुन् ।

अनुदान सम्बोधन गरिनुपर्ने किसानको माग छ । सरकारले पछिल्ला सात वर्षयता उखुखेतीका किसानलाई चिनी उद्योगमा बुझाएको उखुको तौलअनुसार अनुदान दिँदै आएको थियो ।

बर्दिबास-९ का किसान महेन्द्र महतोले भने, ‘खेतीमा सरकारले दिने अनुदान ठूलो भरथेग थियो, यसपालि बजेटमा त्यो परेन, सरकारले यसबारे विचार गरोस् ।’ महतोजस्ता सबैजसो उखु किसानको विगतदेखि पाउँदै आएको अनुदान सम्बोधन गरिदिनुपर्ने माग छ ।

‘समयअनुसारको मूल्य पाउन सकेका छैनौँ’, दुई दशकदेखि उखुखेती गर्दै आएका भङ्गाहा-४ रामनगरका ५० वर्षीय किसान अरुण गिरीले भने, ‘अब यो खेतीबाट उँभो लागिएला भन्ने छाँट छैन ।’ सरकारले उखुखेतीमा दिँदै आएको अनुदान आउँदो वर्षलाई सम्बोधन नगरेपछि अब वैकल्पिक खेतीबारे सोच्नुपर्ने भएको उनको भनाइ छ ।

अलि ढिलै भए पनि अनुदान एकमुष्ट पाउँदा घरव्यवहार र खेतीपाती गर्न सघाउ मिलेको थियो । सरकारले उखु खेती गर्ने किसानलाई दिदै आएको अनुदान आगामी वर्ष २०८२/८३ को बजेटमा सम्बोधन नभएको किसानको गुनासो छ ।

चालु आर्थिक वर्षमा सरकारले प्रतिक्विन्टल उखुमा ७० रुपैयाँ अनुदानको व्यवस्था गरे पनि अब पाउने/नपाउने संशयमा किसान छन् । यद्यपि आव २०८१/८२ मा एभरेष्ट चिनी उद्योगमा उखु दिएका महोत्तरीका १४ हजार ५३३ किसानले पाउनेगरी २१ करोड ७२ लाख ९१ हजारको सिफारिस भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

दसैँअगावै पाउने आस गरिएको यो रकम अब आउने वर्षको प्रस्तावित बजेटमा अनुदानबारे उल्लेख नहुँदा किसानलाई पाउने÷नपाउनेबारे संशय बढेको हो । यसअघि आव २०८०/८१ मा जिल्लाका १४ हजार ४४४ किसानले अनुदानबापत २० करोड ३३ लाख गत दसैँअघि बुझेका थिए ।

उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहाले आउने वर्षलाई बजेटमा अनुदानको सम्बोधन नहुँदा यो खेतीले निरन्तरता पाउने अवस्था नरहेको बताउँछन । उनी भन्छन, “सरकारले अनुदानको कुरा पुनर्विचार गर्नैपर्छ ।”

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ८ : १८ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना