१० माघ २०८२, शनिबार | January 24, 2026

ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्ने पाकिस्तानको तयारी



काठमाडौं । पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्ने तयारी गरेको छ । गत महिना भएको भारत र पाकिस्तानको युद्ध रोक्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पाकिस्तानले यो तयारी गरेको पाकिस्तान सरकारलाई उद्धृत गर्दै बिबिसीले खबर लेखेको छ ।

पाकिस्तान सरकारले सामाजिक सञ्जालमा लेख्दै पाकिस्तान र भारतको युद्ध नजिकिएकै समयमा ट्रम्पले कूटनीतिक क्षमता देखाएको उल्लेख गरेको छ । गएको मे महिनामा हात हतियारले पूर्ण भएका दुई छिमेकी भारत र पाकिस्तान द्वन्द्व चलिरहेको समयमा चौथो दिन अकस्मात् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोकिने कुरा बताएका थिए ।

शनिबार सामाजिक सञ्जालमा पाकिस्तानी सरकारले तीव्र रूपमा भीषण युद्धको बाटोमा गई रहेको भारत र पाकिस्तानको तनावलाई रोकेर ट्रम्पले आफूलाई संसारकै अब्बल नेताको रूपमा पुष्टि गरेको जनाएको छ । सो समयमा भएको युद्ध विरामको जस भारतले भने अमेरिकालाई दिएको छैन । भारतले युद्ध विराम हुनुमा तेस्रो पार्टीको कुनै भूमिका नभएको बताउँदै आएको छ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ९ : ०० बजे

दुई हजार एक सय जना एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवालसहित

इन्डोनेसियामा पहिरो, ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी । इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

नागरिक अगुवा युग पाठक नेकपामा प्रवेश

काठमाडौं । नागरिक अगुवा, लेखक तथा राजनीतिक विश्लेषक युग पाठक

हरिबोल गजुरेलसहित सात नेता नेकपाबाट निस्काशित

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले हरिबोल गजुरेलसहित ७

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित (तस्वीरहरु)

बैतडी । भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग