रास्वपा र राप्रपाबाट आज पनि प्रतिनिधिसभा बैठकमा अवरोधकाठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोस्टम घेराउ र नाराबाजी गरेको छ।
प्रतिनिधिसभा बैठक सुरू हुनेबित्तिकै दुवै पार्टीका सांसदहरु आआफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाको सांसद असिम साहलाई बोल्न दिए। सांसद साहले मुलुकमा ‘लुटको सिन्डिकेट’ खडा गरिएको आरोप लगाए । उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नुपर्ने माग गरे ।
त्यसपछि सभामुखले राप्रपाका सांसद धवल शमशेर राणलाई बोल्न दिए । उनले गत चैत १५ गते तीनकुनेमा राज्य आतंक मच्चिएको आरोप लगाए ।
त्यसपछि सभामुखले बैठकलाई नियमित कार्यसूचीमा लगेपछि रास्वपाले वेल घेराउ गर्दै नाराबाजी गर्न थाल्यो ।



















प्रतिक्रिया