११ चैत्र २०८२, बुधबार | March 25, 2026

इरानमाथि अमेरिकी आक्रमण ‘मूर्खता र लापरबाहीपूर्ण’ : आइक्यान



जेनभा । इरानका आणविक केन्द्रहरूमा अमेरिकी सेनाले गरेको सैन्य आक्रमण ’मूर्खता र लापरबाहीपूर्ण’ भएको नोबेल शान्ति पुरस्कार विजेता आणविक हतियार उन्मूलन अन्तर्राष्ट्रिय अभियानका प्रमुखले आइतबार बताएका छन् ।

“इरानमाथि इजरायलको आक्रमणमा सामेल भएर अमेरिकाले अन्तर्राष्ट्रिय कानुन पनि तोडेको छ। आइक्यानका कार्यकारी निर्देशक मेलिसा पार्कले इरानविरुद्धको सैन्य कारबाही तेहरानको आणविक कार्यक्रमसम्बन्धी चिन्ता समाधान गर्ने तरिका नभएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “इरानले आणविक हतियारको खोजी नगरेको आँकलन अमेरिकी गुप्तचर निकायले गरिरहेका छन् । यस्तो अवस्थामा भएको यो आक्रमण मूर्खता र लापरबाहीपूर्ण कार्य हो । यसले आणविक हतियारको थप प्रसार रोक्ने अन्तर्राष्ट्रिय प्रयासलाई कमजोर पार्न सक्छ।”

जेनेभास्थित आइक्यानले सन् २०२१ मा लागू भएको आणविक हतियार निषेधसम्बन्धी सन्धिको मस्यौदा तयार पार्न महत्वपूर्ण भूमिका खेलेको भन्दै सन् २०१७ को नोबेल शान्ति पुरस्कार जितेको थियो ।

हालसम्म करिब ६९ देशले यसलाई अनुमोदन गरिसकेका छन्, अन्य चार देशले यस सन्धिलाई प्रत्यक्ष रूपमा स्वीकार गरिसकेका छन् र अन्य २५ देशले हस्ताक्षर गरेका छन्।

’इजरायलले अवैध बल प्रयोग गर्नुअघि नै अमेरिकाले कूटनीतिक प्रक्रियालाई निरन्तरता दिनुपथ्र्यो। यसले यो क्षेत्र वा विश्वलाई सुरक्षित बनाउँदैन । यसले सुरक्षा चिन्ता र क्षेत्रिय स्थिरतालाई अझ खतरनाक बनाउँछ,” पार्कले भने ।

“आणविक प्रतिष्ठानहरूमा आक्रमण गर्नु अन्तर्राष्ट्रिय कानून अन्तर्गत स्पष्ट रूपमा प्रतिबन्धित छ र मानव स्वास्थ्य र यसले वातावरणको लागि हानिकारक रेडियोधर्मी प्रदूषणको जोखिम निम्त्याउछ । अमेरिकाले सबै प्रकारका सैन्य कारबाही रोकेर कूटनीतिक मार्गमा फर्किनुपर्छ।

जुन १३ मा इजरायलले इरानमाथि आक्रमण सुरु गरेकै दिन आइक्यानले आणविक शक्ति सम्पन्न राष्ट्रहरुले गत वर्ष आफ्नो आणविक शस्त्रागारमा १०० अर्ब डलरभन्दा बढी खर्च गरेको उल्लेख गरेको छ ।

बेलायत, चीन, फ्रान्स, भारत, इजरायल, उत्तर कोरिया, पाकिस्तान, रुस र संयुक्त राज्य अमेरिकाले सन् २०२३ को तुलनामा करिब १० अर्ब डलर बढी खर्च गरेको आइक्यानले जनाएको छ ।

आइक्यानका अनुसार सन् २०२४ मा अमेरिकाले ५६ अर्ब ८० करोड डलर, चीनले १२ अर्ब ५० करोड डलर, बेलायतले १० अर्ब ४० करोड डलर, रुसले आठ अर्ब १० करोड डलर र फ्रान्सले छ अर्ब ९० करोड डलर खर्च गरेका छन् ।

 

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ५ : २६ बजे

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको