७ आश्विन २०८३, बुधबार | September 23, 2026

इजरायल-इरान पूर्ण युद्धविरामका लागि सहमत भएको ट्रम्पको घोषणा



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ऐतिहासिक घोषणा गर्दै इजरायल र इरान पूर्ण युद्धविरामका लागि सहमत भएको घोषणा गरेका छन् । युद्धविराम सम्झौता आगामी ६ घण्टा पछिबाट सुरु भएर १२ घण्टाभित्रै चरणबद्ध रूपमा कार्यान्वयनमा आउने ट्रम्पले बताएको सीएनएनले जनाएको छ ।

“इजरायल र इरानबीच पूर्णरूपमा सहमति भएको छ । अबको लगभग ६ घण्टापछि इजरायल र इरानले आफ्ना अन्तिम मिसनहरू समाप्त गर्नेछन् र त्यसपछि १२ घण्टासम्म पूर्ण युद्धविराम हुनेछ । त्यस बिन्दुमा युद्ध समाप्त भएको मानिनेछ,” राष्ट्रपतिले सामाजिक सञ्जालमा लेखे ।

इरान र इजरायल दुवैले आगामी युद्धविरामबारे कुनै टिप्पणी गरेका छैनन् । ट्रम्पको पोस्ट अनुसार, युद्धविराम आगामी २४ घण्टामा चरणबद्धरूपमा लागु हुनेछ ।

“आधिकारिक रूपमा इरानले युद्धविराम सुरु गर्नेछ र १२ औँ घण्टामा इजरायलले युद्धविराम सुरु गर्नेछ । २४ औँ घण्टामा १२ दिने युद्धको आधिकारिक अन्त्यलाई विश्वले स्वागत गर्नेछ । प्रत्येक युद्धविरामको समयमा, अर्को पक्ष शान्त र सम्मानजनक रहनेछ,” ट्रम्पले पोष्टमा भनेका छन् ।

ट्रम्पको घोषणापछि फक्स न्यूजमा भएको अन्तर्वार्तामा बोल्दै उपराष्ट्रपति जेडी भान्सले ट्रम्पले सम्झौता अन्तिम विन्दुसम्म पुर्‍याएको भन्दै प्रशंसा गरेका छन् ।

“हामीले वास्तवमा त्यसमा काम गरिरहेका थियौँ, यो राम्रो समाचार हो । राष्ट्रपतिले त्यसलाई अन्तिम बिन्दुसम्म पुर्‍याउन सफल भए,” भान्सले भने ।

भान्सले ट्रम्पको पोस्टको मस्यौदा प्रसारणमा जानुभन्दा दुई मिनेटअघि पढेको बताए ।

“इरानसँग परमाणु हतियार बनाउने क्षमता छैन । हामीले त्यसका उपकरणहरू नष्ट गरिदियौँ,” भान्सले थपे ।

यसैबीच, ट्रम्पले पत्रकारहरूलाई सम्बोधन गर्दै इजरायल र इरान दुवै पक्षसँग प्रत्यक्ष संवाद गरेको र उनीहरू पूर्ण युद्धविरामका लागि सहमत भएको बताए । यो सहमति शान्ति स्थापनातर्फको ठूलो कदम भएको उनले बताए ।

ट्रम्प प्रशासनले इरान र इजरायल दुवै देशसँग गोप्य वार्ता गर्दै आएको थियो । पछिल्ला महिनाहरूमा सिरियाली भूमिमा इजरायली आक्रमण, इरानी मिलिसिया गतिविधि र लेबनानी सीमामा तनाव बढेको सन्दर्भमा यो घोषणा विशेष महत्वपूर्ण मानिएको छ ।

युद्धविराम कार्यान्वयन प्रक्रिया :

ट्रम्पले बताएअनुसार युद्धविराम लागु हुने प्रक्रिया २४ घण्टामा चरणबद्ध रूपमा अघि बढ्नेछ । जसमा पहिलो चरणमा आक्रमणहरू रोक्ने, दोस्रो चरणमा सैन्य सञ्जाल हटाउने र अन्ततः निरीक्षण संयन्त्र स्थापना गर्ने योजना छ ।

यस युद्धविरामले मध्यपूर्वको अस्थिरता घटाउने आशा गरिएको छ । यद्यपि, इरान र इजरायल दुवै सरकारबाट औपचारिक वक्तव्य आउन बाँकी छ ।

प्रतिक्रिया र प्रभाव :

संयुक्त राष्ट्रसंघ, युरोपेली संघ र अरब लिगले ट्रम्पको पहललाई स्वागत गर्दै शान्तिको दिशामा कदम चालिएको बताएका छन् ।

यो घटनाले ट्रम्पलाई अन्तर्राष्ट्रिय कूटनीतिक सफलता दिलाउनसक्ने अनुमान गरिएको छ । विशेषगरी उनले पुनः राष्ट्रपतिको उमेदवारी दिने चर्चा भइरहेका बेला यस्तो घोषणाले ठूलो राजनीतिक प्रभाव पार्ने देखिन्छ । सीएनएन

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ६ : २६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज