२१ जेष्ठ २०८३, बिहिबार | June 4, 2026

जापान नेपालसँग ८० रनमा समेटियो, शुभम खनालले लिए पाँच विकेट



काठमाडौं । एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले जापानविरुद्ध कसिलो बलिङ गरेको छ । टस जितेर सुरुमा ब्याटिङ गरेको जापानविरुद्ध आक्रामक देखिएका नेपालका बलर शुभम खनालले एक्लै पाँच विकेट लिए ।

१० ओभर बलिङ गर्दा उनले १५ रन दिएर पाँच विकेट लिएका हुन् । उनको बलिङमा तीन मेडन समेटिएको छ । जापानलाई सस्तैमा समेट्न नेपालका लागि कप्तान विपिन शर्मा र अभय यादवले दुईदुई विकेट हात पार्दा सुशील बहादुर रावलले एक विकेट हात पारे ।

जापानका लागि कप्तान चार्ली हाराहिन्जेले ३६ र ग्याबी हाराहिन्जे १३ रन बनाए । उसका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । ३४.३ बलमा सबै विकेट गुमाउँदै जापान ८० रनमा समेटिएको हो ।

मलेसियाको कोजल टुन्कु जाफर ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर जापानले ब्याटिङ रोजेपछि नेपाल बलिङ गरेको हो ।

पहिलो खेलमा नेपालले सिङ्गापुर र जापानले भुटानलाई हराएका थिए । एसियाली क्रिकेट परिषद् (एसीसी)को वार्षिक कार्यतालिका अनुसार सञ्चालित प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता छ। जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।

जापानविरुद्ध नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १० : ११ बजे

मुस्ताङको कोरला नाकाबाट भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको

रोल्पाको माडी गाउँपालिकामा जिप दुर्घटना, तीन जनाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका-२ व्याङखोलामा जिप दुर्घटना हुँदा तीन

सगरमाथा क्षेत्रमा ६ दिनदेखि बेपत्ता गाइड दावा शेर्पा सकुशल फेला

काठमाडौं । सगरमाथा क्षेत्रमा ६ दिनदेखि बेपत्ता रहेका ओखलढुंगाका पर्वतारोहण

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा सामान्य

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

भक्तपुर । भक्तपुर नगरपालिका-लिवालीस्थित ख्वप्रिङ्ग इङ्लिस सेकेण्डरी स्कुलमा आगलागी हुँदा