२० मंसिर २०८२, शनिबार | December 6, 2025

जापान नेपालसँग ८० रनमा समेटियो, शुभम खनालले लिए पाँच विकेट



काठमाडौं । एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले जापानविरुद्ध कसिलो बलिङ गरेको छ । टस जितेर सुरुमा ब्याटिङ गरेको जापानविरुद्ध आक्रामक देखिएका नेपालका बलर शुभम खनालले एक्लै पाँच विकेट लिए ।

१० ओभर बलिङ गर्दा उनले १५ रन दिएर पाँच विकेट लिएका हुन् । उनको बलिङमा तीन मेडन समेटिएको छ । जापानलाई सस्तैमा समेट्न नेपालका लागि कप्तान विपिन शर्मा र अभय यादवले दुईदुई विकेट हात पार्दा सुशील बहादुर रावलले एक विकेट हात पारे ।

जापानका लागि कप्तान चार्ली हाराहिन्जेले ३६ र ग्याबी हाराहिन्जे १३ रन बनाए । उसका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । ३४.३ बलमा सबै विकेट गुमाउँदै जापान ८० रनमा समेटिएको हो ।

मलेसियाको कोजल टुन्कु जाफर ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर जापानले ब्याटिङ रोजेपछि नेपाल बलिङ गरेको हो ।

पहिलो खेलमा नेपालले सिङ्गापुर र जापानले भुटानलाई हराएका थिए । एसियाली क्रिकेट परिषद् (एसीसी)को वार्षिक कार्यतालिका अनुसार सञ्चालित प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता छ। जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।

जापानविरुद्ध नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १० : ११ बजे

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा