२६ कार्तिक २०८३, बिहिबार | November 12, 2026

एसिसी पुरुष यु-१६ : जापानमाथि नेपालको सानदार जीत



काठमाडौं । एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो खेल जितेको छ । आज भएको खेलमा नेपालले जापानलाई नौ विकेटले हरायो ।

जापानले दिएको ८१ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभर बलमा एक विकेट गुमाएर भेटायो । नेपालका लागि सिवान्स बजगाईँले अविजित ३८ र प्रसिद्ध जोशीले अविजित ३३ रन बनाए ।

जापानका केइसीइ कोबायशी डोगेटले एक विकेट लिए । त्यसअघि मलेशियाको कोजल टुन्कु जाफर ओभरल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जापान ३४ ओभर तीन बलमा अलआउट भयो ।

जापानका लागि कप्तान चार्ली ह्यारिसले ३६ रन बनाए । नेपालका शुभम खनालले पाँच विकेट लिए । यस्तै अभय यादवले दुई, सुशीलबहादुर रावल र विपिनप्रसाद शर्माले एक विकेट लिए ।

अस्ति आइतवार भएको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई छ विकेटले हराएको थियो । १६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् ।

समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् । यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते हुनेछ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ११ : ४१ बजे

संरक्षणको अभावमा कान्तिताल

राँझा । नेपालगञ्ज उपमहानगरपालिका-२१ र २२ वडामा अवस्थित कान्तिताल संरक्षण

बाहुनडाँगीमा जङ्गली हात्तीको त्रासः सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

झापा । मेचीनगर नगरपालिका-४ स्थित प्रसाद गौडाबाट जङ्गली हात्तीले नेपालतर्फ

सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन

चितवन । पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

रसुवा । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण

सुक्खा पहिराले कालीगण्डकी करिडोर सडक अवरुद्ध

गुल्मी । कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । उक्त