२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

एसिसी पुरुष यु-१६ : जापानमाथि नेपालको सानदार जीत



काठमाडौं । एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो खेल जितेको छ । आज भएको खेलमा नेपालले जापानलाई नौ विकेटले हरायो ।

जापानले दिएको ८१ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभर बलमा एक विकेट गुमाएर भेटायो । नेपालका लागि सिवान्स बजगाईँले अविजित ३८ र प्रसिद्ध जोशीले अविजित ३३ रन बनाए ।

जापानका केइसीइ कोबायशी डोगेटले एक विकेट लिए । त्यसअघि मलेशियाको कोजल टुन्कु जाफर ओभरल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जापान ३४ ओभर तीन बलमा अलआउट भयो ।

जापानका लागि कप्तान चार्ली ह्यारिसले ३६ रन बनाए । नेपालका शुभम खनालले पाँच विकेट लिए । यस्तै अभय यादवले दुई, सुशीलबहादुर रावल र विपिनप्रसाद शर्माले एक विकेट लिए ।

अस्ति आइतवार भएको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई छ विकेटले हराएको थियो । १६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् ।

समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् । यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते हुनेछ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ११ : ४१ बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,