२१ जेष्ठ २०८३, बिहिबार | June 4, 2026

लुम्बिनी प्रदेश महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान



नेपालगन्ज । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा यहि असार १२ देखि १४ गतेसम्म पोखरामा हुने ‘गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताु’ मा सहभागी हुन लुम्बिनी प्रदेशको महिला टोली आज पोखरातर्फ प्रस्थान गरेको छ। १३ सदस्यीय टोलीलाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बाँसगढी बर्दियामा आयोजित बिदाई कार्यक्रममार्फत औपचारिक रूपमा बिदाई गरियो।

विदाई कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश ह्याण्डबल संघका अध्यक्ष जयन्त कुमार शर्माले टोलीको मेहनत, समर्पण र अनुशासनको प्रशंसा गर्दै महिला खेलाडीहरूले प्रदेशको गौरव बढाउने काम गर्दै आएको बताए । उनले गण्डकी कपमा समेत उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीको झन्डा फर्फराउनेमा आफू विश्वस्त रहेको जीकिर गर्दै यो प्रतियोगिता केवल प्रतियोगिता मात्र नभई नेतृत्व र प्रेरणाको अवसर पनि भएको उल्लेख गरे। उ

त्यस्तै लुम्बिनी प्रदेश ह्याण्डबल संघका अध्यक्ष खगेन्द्र चन्दले संघ सधैं खेलाडीहरूको साथमा रहने र आगामी दिनमा थप अवसर सृजना गरिने प्रतिबद्धता जनाए।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति, नेपालगञ्जका कार्यालय प्रमुख महेश चन्दले खेलकुद क्षेत्रले महिला सशक्तिकरणमा पुर्‍याउँदै आएको भूमिकाको उल्लेख गर्दै खेलकुद केवल प्रतिस्पर्धा मात्र नभई नेतृत्व, अनुशासन र सशक्तिकरणको माध्यम पनि भएको बताए ।

खेलप्रेमी समाजसेवी सोनु सिद्दिकीले खेलाडीहरूप्रति सहानुभूति र उत्साह व्यक्त गर्दै १३ वटा खेलपोशाक सहयोग गरे । उनले महिला खेलाडीहरूको उत्साह र मनोबल बढाउन आफू सधैं तयार रहेको बताए।

कार्यक्रममा सहभागी खेलाडी शर्मिला केसीले सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई आभार प्रकट गर्दै सबैबाट पाएको समर्थन र उत्साहले खेलाडीहरुको मनोबल उच्च बनाएको बताइन् । गण्डकी कपमा राम्रो प्रदर्शन गरेर सबको विश्वास जित्ने उनको भनाई थियो।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ६ : ०० बजे

समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाले योजनाको काम समयमै सम्पन्न नगर्ने

राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बलेवा खण्ड समयमै

मुस्ताङको कोरला नाकाबाट भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको

रोल्पाको माडी गाउँपालिकामा जिप दुर्घटना, तीन जनाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका-२ व्याङखोलामा जिप दुर्घटना हुँदा तीन

सगरमाथा क्षेत्रमा ६ दिनदेखि बेपत्ता गाइड दावा शेर्पा सकुशल फेला

काठमाडौं । सगरमाथा क्षेत्रमा ६ दिनदेखि बेपत्ता रहेका ओखलढुंगाका पर्वतारोहण