६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

इरानको आणविक केन्द्र नष्ट नभएको अमेरिकी गुप्तचरको मूल्याङ्कन



एजेन्सी । अमेरिकी सेनाले इरानका तीनवटा परमाणु स्थलहरूमा गरेको आक्रमणले देशको परमाणु कार्यक्रमका मुख्य संरचना नष्ट नगरेको अमेरिकी गुप्तचरको प्रारम्भिक मूल्याङ्कनले देखाएको छ ।

उक्त रिपोर्ट अनुसार त्यहाँको संरचना एक महिनामा फेरि तयार हुन सक्नेछ । यो मूल्याङ्कन अमेरिकी रक्षा मन्त्रालय अन्तर्गतको गुप्तचर संस्था डिफेन्स इन्टेलिजेन्स एजेन्सी (डीआईए) ले तयार पारेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकी सेनाको केन्द्रीय कमाण्डले आक्रमणपछिको क्षतिको प्रारम्भिक मूल्याङ्कन गरेपछि यो निष्कर्ष निकालिएको हो ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यालोलिन लेभिटले यसलाई अमेरिकी गुप्तचर निकाय र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई असफल बनाउन गरिएको गलत प्रयास भनेकी छन् । उनले सामाजिक सञ्जालको पोस्टमा आफ्नो धारणा सार्वजनिक गर्दै यो रिपोर्ट गलत भएको दाबी गरेकी हुन् । यस मूल्यांकनको अस्तित्वलाई ह्वाइट हाउसले स्वीकारे पनि त्यससँग असहमति जनाएको समाचारमा उललेख छ ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ८ : ३२ बजे

सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिला गम्भीर

त्रिशूली । नुुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन । गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा

आज पनि घट्यो सुनचाँदीकोे मूल्य

काठमाडौ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

इरान-अमेरिका तनाव : एफ-३५ जेटमाथि आक्रमण दाबी, अमेरिका भन्छ- आपतकालीन अवतरण

काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।