३१ असार २०८३, बुधबार | July 15, 2026

विष्णुमति खोलाले बगायो कार, एक महिलाको सकुशल उद्धार



काठमाडौं । विष्णुमति खोलामा आएको बाढीले एउटा कार बगाएको छ । कारमा सवार एक जना महिलाको भने सकुशल उद्धार गरिएको छ । उद्धार हुनेमा दाङको तुलसीपुर घर भइ हाल काठमाडौंको टोखा बस्ने ३४ वर्षीया भावना ओली रहेकी छिन् ।

यात्रुसहित कार बगाएको सूचनापश्चात ४५ जना प्रहरी खटिएर खोजी गर्ने क्रममा कार बानियाटार पुलमा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।

त्यहाँबाट कारभित्र सवार महिलालाई उद्धार गरी उपचारका लागि ग्रीन सिटी अस्पताल पठाइएको छ । उनको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ । खोलामा खसेको कारलाई पनि राति नै क्रेनको सहायताले निकालिएको छ ।

उक्‍त कार हिजो (बुधबार) राति १०ः१० बजे काठमाडौंको टोखा नगरपालिका-६ ग्रान्डी अस्पताल पछाडि विष्णुमति खोलामा खसेको थियो । खोला किनारको सडकमा गुडिरहेको बा.प्र. ०१-०३१ च ६१४१ नम्बरको कार सडकबाट खोलामा खस्न लागेपछि चालक कञ्चनपुरको शुक्लाफाँट नगरपालिका-१ घर भइ हाल काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्ने ३५ वर्षीय अंकुश सिंह किनारमा हामफालेका थिए ।

 

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ८ : ४९ बजे

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा

अन्तरराष्ट्रिय सम्मानले उचाल्यो नेपालगन्ज र धारा म्याराथनको साख

नेपालगन्ज । “मैले पनि सोचेको थिएन एम्सले मलाई यसरी सम्मान

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि १०० अर्ब रुपैयाँ बजारबाट तान्दै

काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता उच्च स्तरमा पुगेपछि नेपाल राष्ट्र

सुनचाँदीको मूल्यमा फेरि उकालो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, मुख्यमन्त्री कडेल संकटमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना