१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पाल्पामा हत्या गरि २१ वर्ष देखि फरार सार्की नेपालगन्जबाट पक्राउ



बुटवल । कर्तव्य ज्यान मुद्धामा फरार एक जनालाई पाल्पा प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ । पाल्पाको पूर्वखोला-१ गुनडाँडा बस्ने ५५ वर्षीय चिनीसरा सार्कीको हत्या गरी २१ वर्षदेखि फरार रहेका साविक सिलुवा गा.वि.स. वडा नं. ९ हाल पूर्वखोला-१ गुनडाँडा बस्ने ६६ वर्षीय पूर्ण बहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

सार्कीलाई नेपालगन्जको जमुनाहा नाकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । हत्या अभियोगमा फरार सार्की भारतमा लुकिछिपी बस्दै आएको र नेपाल फर्कन लागेको भन्ने सूचनाका आधारमा परिचालित प्रहरी टोलीले सार्कीलाई बिहिबार बिहान ४ बजे बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाको जमुनाहा स्थित भन्सार कार्यालय अगाडिबाट पक्राउ गरिएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले बताए ।

२०६१ असार १९ गते अन्दाजी साँझ ६ः३० बजेको समयमा पाल्पा, साविक सिलुवा(९ हाल पूर्वखोला गाउँपालिका वडा नं. १ गुनडाँडाकी ५५ वर्षिया चिनीसरा सार्कीको हत्या गरि पूर्णबहादुर फरार रहेको डीएसपी मल्लले बताए ।

सार्कीमाथी मुलुकी ऐन, २०२० को ज्यान सम्बन्धी कसूरमा पाल्पा जिल्ला अदालतबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ दफा १४९१० बमोजिम ५ दिनको म्याद लिई थप अनुसन्धानको भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ३ : ५३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा