२१ जेष्ठ २०८३, बिहिबार | June 4, 2026

खजुरा वडा स्तरिय खेलकुद प्रतियोगिता सम्पन्न, खेलमा योगदान दिनेहरू सम्मानित



खजुरा । खजुरा गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको वडा स्तरका खेलकुद प्रतियोगिताहरु सम्पन्न भएका छन् । बिहीबार महिला र पुरुष तर्फको फाइनल फुटबल खेल प्रतियोगिता भएसँगै सम्पूर्ण प्रतियोगिताहरु सम्पन्न भएका हुन् ।

समापनका क्रममा भएको महिला र पुरुष फुटबल प्रतियोगितामा महिला तर्फ वडा नम्बर दुई विजेता बन्यो भने पुरुष तर्फ वडा नम्बर चारले जित हासिल गरेको छ । प्रतियोगितामा भलिवलमा पुरुष र महिला वडा नम्बर २ ले उपाधि उचालेको छ । क्रिकेटमा वडा नम्बर ३ ले उपाधि हात पार्यो । कबड्डीमा वडा नम्बर ७ ले उपाधि जित्यो । भेट्रान फुटबलमा वडा नम्बर ४ प्रथम भयो । मिनि म्याराथनमा वडा नम्बर २ ले उपाधि जित्यो ।

खजुरा गाउँ पालिका ४ डि गाउँ स्थित रहेको मिनी रंगशालामा सम्पन्न फाइनल खेलमा दर्शकले समेत भरपुर साथ दिएका थिए । समापन कार्यक्रमको अध्यक्षता खजुरा गाउँपालिका सामाजिक विकास संयोजक कृष्णा कुमारी पोखरेलले गरेकी थिइन् ।

समापनकन क्रममा कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले खेल क्षेत्रमा योगदान दिने पूर्व राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी, खेलकुद क्षेत्रका अभियान्ता, पत्रकार लगायतलाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरेका थिए ।

त्यसअघि रेफ्रीलाई बल दिएर समापन कार्यक्रमको उद्घाटन गरेका पालिका अध्यक्ष विकले खेल र खेलाडीले पालीकालाई अन्तराष्ट्रिय क्षेत्रमा खजुराको पहिचान हुने गरेको उल्लेख गरे । पालिका सरकारले खेलको विकासका लागि हरेक वर्ष जसो बजेट छुट्याउने गरेको उल्लेख गरे । पूर्व राष्ट्रिय खेलाडी अर्जुन थापाले खेल र खेलाडीको विकासको लागि प्रतियोगिता सँगै तालिमको व्यवस्था पनि गर्न अति जरुरी रहेको उल्लेख गरे । न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष तिलकबिर सुनारले खेलको स्तर बढाउन पालिकाको राम्रो बजेट छुटाउनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  १० : २७ बजे

बिहानै मदिराले मातेपछि…

बाजुरा । बूढीनन्दा नगरपालिका-६ कोटिलाका टेकेन्द्र र नीर रावतबीच स्थानीय

हात्तीको दाह्रासहित पाँच जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार

हुलाकमार्फत घरघरमै राहदानी

चन्द्रपुर । जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको राहदानी जिल्ला हुलाक

घरायसी विवादमा श्रीमतीको हत्या

भक्तपुर । भक्तपुर नगरपालिका-१० छालिङमा भाडाको घरमा बस्दै आएका एक

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन