२० बैशाख २०८३, आइतबार | May 3, 2026

नवलपुरमा ९ जनाको ४.० जीपीए, ७०.४५ प्रतिशत विद्यार्थी ग्रेडिङ



नवलपुर । यस वर्षको एसईई परीक्षामा नवलपुरमा ९ जना विद्यार्थीले ४.० जिपिए प्राप्त गरेका छन् ।

शिक्षा तथा समन्वय ईकाइ कार्यालय नवलपुरका प्रमुख दीपेन्द्र श्रेष्ठका अनुसार नवलपुरबाट यस बर्ष ५ हजार ७ सय ७० जना विद्यार्थीहरुले एसईई दिएका मध्ये ४ हजार ६५ जना अर्थात ७० दशमलब ४५ प्रतिशत विद्यार्थी ग्रडिङ भएका छन् ।

त्यसैगरी नवलपुरमा ३.६ देखि ४ जीपीएसम्म ६ सय ८६, ३.२ देखि ३.६ जीपीएसम्म एक हजार २ सय ५४, २.८ देखि ३.२ जीपीए १ हजार ४ सय २५, २.४ देखि २.८ जीपीएसम्म ६ सय ६३ जना, २.० देखि २.४ जीपीएसम्म २८ जना रहेका छन् ।

त्यसैगरी १.६ देखि २.० जीपीएसम्म ० जना र नन ग्रेडिङ १ हजार ७ सय ५ जना अर्थात २९ दशमलब ५५ प्रतिशत रहेका छन् ।

नवलपुरबा जिल्लाबाट ८७ वटा सामुदायिक विद्यालय ४९ वटा संस्थागत विद्यालय, ५ वटा धार्मिक विद्यालय र एउटा खुल्ला गरी १ सय ४२ वटा विद्यालयले एसईईमा विद्यार्थीलाई सहभागी गराएका थिए ।

नवलपुरका देबचुलीका विश्व ज्योती माबिका २ जना , मुनलाईट आदर्श पब्लिक एकेडेमी का १ जना , जनज्योती नमुना माबि का १ जना , नवजागरण माबि मध्य बिन्दुका १ जना, सरस्वती संस्कृत माबि हुप्सेकोटका १ जना जनता माबि गैडाकोटका १ जना ज्ञानोदय माबि १ जना र ब्लुस्टार माबि बिनयी त्रिबेणी का १ जनाले गरि ९ जनाले ४.० जिपिए ल्याएका छन् ।

विश्व ज्योती माबि का छात्रा लक्ष्मी श्रेष्ठ , सुमिना केसी , मुनलाईटकी रोषा नेपाली , जनज्योती नमु माबि की अन्जु श्रेष्ठ , नवजागरण माबिका अनुस्का ढकाल , सरस्वती संस्कृत माबि जस्मिन कडेल ,ज्ञानोदय माबि आयुश ढकाल र ब्लुस्टार माबिका बृन्दा गुप्ता जनता माबिका अंकिता अधिकारीले ४.० जिपिए प्राप्त गरेका हुन

देबचुलीको नतिजा उत्कृष्ट

देबचुलीमा जिल्लाका ९ जना जिपिए ल्याएका विद्यार्थीमध्ये देबचुलीका ४ जना छात्राले ४.० जिपिए ल्याएका छन

यसै गरि देबचुली नगरपालिकामा ४ जना छात्राले ४ जिपिए ल्याएको देबचुली शिक्षा अधिकृत नन्दलाल ढकालले बताए ।
देबचुलीमा रहेको विश्व ज्योती माबि २ जना मुनलाईट आर्दश पब्लिक एकेडेमी १ जना र जनज्योती नमुना माबि का अन्जु श्रेष्ठ गरि जनाले ४ जिपिए ल्याएको ढकालले बताए ।

देवचुली नगरपालिकाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सहभागी भएका १,०३७ विद्यार्थीहरूमध्ये ८३३ जना ग्रेडेड हुन सफल भए ।

विश्वज्योति माविको उत्कृष्टता

नवलपुरको देवचुली नगरपालिका–१५, प्रगतिनगरमा अवस्थित विश्वज्योति माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा जिल्लामै उत्कृष्ट नतिजा हासिल गरेको छ।

उक्त विद्यालयबाट परीक्षामा सहभागी ५९ जना विद्यार्थीहरूमध्ये दुई जना छात्रा लक्ष्मी श्रेष्ठ र सुमिना केसीले पूर्ण ४.०० ग्रेड प्वाइन्ट एभरेज (जिपिए) ल्याउन सफल भएका छन्। यसैसँगै, एकै विद्यालयबाट दुई जनाले ४.०० जिपिए ल्याउने जिल्लाको पहिलो विश्वज्योतिले हासिल गरेको हो।

विद्यालयका प्रधानाध्यापक डा. प्रदीप बास्तोलाका अनुसार विद्यालयका २७ जना विद्यार्थीहरूले ३.६० देखि ४.०० जिपिए, १९ जनाले ३.२० देखि ३.६०, १० जनाले २.८० देखि ३.२० र एक जना विद्यार्थीले २.४० देखि २.८० जिपिए ल्याएका छन्।

डा. बास्तोलाले उत्कृष्ट नतिजाको श्रेय शिक्षण सिकाइलाई निरन्तर प्राथमिकता दिइएको रणनीतिलाई दिँदै मेहनती शिक्षक-शिक्षिका, समर्पित कर्मचारी, अभिभावक र विद्यार्थीहरूको मिहिनेतका कारण नतिजा राम्रो आएको बताए । ९६.७ प्रतिशत विद्यार्थी ग्रेडेड हुन सफल भएका छन्।

डा. बास्तोलाले विद्यालयको सफलतालाई विद्यार्थी, अभिभावक र शिक्षकहरूको समन्वय र निरन्तर परिश्रमको परिणाम बताएका छन्।

नगर प्रमुख हरी न्यौपानेका अनुसार ग्रेडेड हुने विद्यार्थीको प्रतिशत यस वर्ष ८०.३३ रहेको छ, जुन अघिल्लो वर्षको ५५.५८ प्रतिशतभन्दा उल्लेखनीय रूपमा वृद्धि भएको हो।

यस वर्ष देवचुली नगरपालिकाका ४ जना विद्यार्थीहरूले उत्कृष्ट ४.०० जिपिए ल्याएर नगरको शैक्षिक स्तर उकास्न योगदान दिएको न्यौपानेले बताए । नगर प्रमुख न्यौपानेले परीक्षाफलमा आएको सुधारलाई विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीहरूको संयुक्त प्रयासको नतिजा बताएका छन्।

शिक्षा क्षेत्रमा लगानी र अभिप्रेरणाको प्रभाव देखिन थालेको भन्दै नगरपालिकाले आगामी दिनमा अझ प्रभावकारी रणनीति बनाएर शैक्षिक सुधारलाई निरन्तरता दिने नगर प्रमुखको भनाई छ ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ३ : ३३ बजे

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको

स्थानीय तहमा रास्वपा उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह

सबै कम्युनिस्ट एकताबद्ध भएर क्रान्तिको सपना पूरा गर्छौ : प्रचण्ड

रुकुम पश्चिम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री