११ माघ २०८२, आइतबार | January 25, 2026

सञ्चालक बीचको विवादले ‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प



नेपालगन्ज । सञ्चालकहरूको आन्तरिक विवादले नेपालगन्जको धम्बोझीस्थित वाटर पार्कमा पर्यटन प्रवर्द्धनका गतिविधि रोकिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–१ र १८ मा अवस्थित वाटर पार्क सञ्चालनको जिम्मा पाएको बोटे बोरा प्रालिका सञ्चालक बीचको विवादले विगत एक वर्षदेखि वाटर पार्कमा जलयात्रालगायत पर्यटन प्रवर्द्धनका गतिविधि ठप्प छन् ।

काठमाडौँ महानगरपालिका–२६ निवासी बोटे बोरा प्रालिका सञ्चालकबीचमा नेपालगन्जको वाटरपार्कमा मोटरबोट डुङ्गा सञ्चालनका लागि ५०–५० प्रतिशत सेयर लगानीको सम्झौता भएको जनाइएको छ ।

वाटरपार्कमा जलयात्राका लागि दुईथान मोटरबोट सञ्चालन हुँदै आएकामा सञ्चालकहरूबीचको आन्तरिक कलहले हाल एक थान मात्र मोटरबोट सञ्चालन हुँदै आएको छ । नेपालगन्ज उपमहानगरपालिकाबाट वार्षिक रु २४ लाखमा १० वर्षका लागि वाटरपार्क सञ्चालनको सम्झौता भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले वाटरपार्कलाई आन्तरिक पर्यटकीय क्षेत्र बनाउन निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिएको बताए । वाटरपार्क सञ्चालनको जिम्मा पाएका सञ्चालकबीच असमझदारी सृजना भएको जानकारी आफूसँग आएको उल्लेख गर्दै उनले सञ्चालकबीचको विवादले ताललाई अस्तव्यस्त बनाउन नहुनेमा आफू सजग रहेको बताए । रासस

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ९ : २८ बजे

‘पब्लिक डिबेट’का लागि तयार छु : एमाले अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई

लिपुलेक मुनिका छाङरु र तिङ्करका मतदातालाई सदरमुकाममै मतदानको व्यवस्था

दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

राष्ट्रियसभा सदस्य निर्वाचनको लागी आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

निर्वाचन आउन ३९ दिन बाँकी : उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

नेपालको विकास प्रयासमा जापानी सहयोग निरन्तर रहन्छ : जापानी राजदूत माएदा

काठमाडौँ । नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपालको विकास