३ पुस २०८२, बिहिबार | December 18, 2025

राष्ट्र बैंकले बजारबाट फेरि ६० अर्ब रुपैयाँ झिक्दै



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज बुधबार ६० अर्ब रुपैयाँ बजारबाट झिक्न लागेको छ।

तरलता सन्तुलनमा ल्याउन राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरण (Deposit Collection Instrument) प्रयोग गर्दै उक्त रकम ६३ दिनको अवधिका लागि संकलन गर्न लागेको हो।

राष्ट्र बैंकले केही समयदेखि सातामा दुईपटकजति बजारबाट पैसा झिक्दै आएको छ। यस्तै प्रक्रियाअनुसार आज पनि ६० अर्ब रुपैयाँ निक्षेप संकलनको माध्यमबाट झिक्न लागिएको हो। अघिल्ला समयमा २१ दिनको अवधिका लागि मात्रै पैसा संकलन गरिँदै आए पनि यसपटक अवधि बढाएर ६३ दिन गरिएको छ।

राष्ट्र बैंकका अनुसार बैंकहरूमा तरलता प्रशस्त भए पनि कर्जाको माग भने अपेक्षाकृत रुपमा नबढेपछि दीर्घकालीन रूपमा तरलता व्यवस्थापन गर्नु आवश्यक देखिएको हो।

यस प्रयोजनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ। बोलकबोलको न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम प्रस्ताव ५ करोडको गुणामा निःशेष भागमा स्वीकार गरिने व्यवस्था छ।

बोलकबोल प्रक्रिया ब्याजदरको आधारमा हुनेछ र सहभागीहरूले बहु ब्याजदरमा पनि प्रस्ताव गर्न सक्नेछन्। राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई मात्र भाग लिन दिने व्यवस्था मिलाएको छ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १२ : ०० बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन