२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

त्रिविको तालाबन्दी हटाउन सर्वोच्चको आदेश



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिव)मा ३४ दिनदेखि जारी तालाबन्दी अन्त्य गर्न सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले सरकारका सम्बन्धित निकायहरूलाई तत्काल कदम चाल्न निर्देशन दिएको छ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र कीर्तिपुर प्रहरी वृत्तलाई तालाबन्दी खोल्न वा खुलाउन निर्देशन दिएको त्रिविका कानुनी सल्लाहकार नारायण खनालले जानकारी दिए। आदेशमा तालाबन्दी नगर्न र लगाइएको ताला तत्काल खोल्न स्पष्ट रूपमा भनिएको छ।

यसअघि अधिवक्ता महेश भट्टराईसहितले त्रिविको उपकुलपति, रेक्टर, रजिष्ट्रार तथा सेवा आयोगको कार्यालयमा लगाइएको तालाबन्दी खुलाउन माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सो रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, काठमाडौं जिल्ला प्रशासन कार्यालय, कीर्तिपुर प्रहरी वृत्त, उपकुलपति र रजिष्ट्रार कार्यालय लगायतलाई विपक्षी बनाइएको थियो।

रिटमा त्रिवि आंशिक प्राध्यापक केन्द्रीय समितिका अध्यक्ष गोकुल लेछवा लिम्बु, सहअध्यक्ष राजेन्द्र आचार्य, महासचिव बैकुण्ठ थापा तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) त्रिविका कार्यवाहक अध्यक्ष शिवराज भट्टलाई समेत विपक्षीका रूपमा समावेश गरिएको छ।

त्रिविमा तालाबन्दीको सुरुवात जेठ १४ गते भएको हो, जब नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट विभिन्न क्याम्पसमा निर्वाचित स्ववियु पदाधिकारीहरूले उपकुलपति कार्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेका थिए। त्यसपछि, जेठ ३० गते आंशिक प्राध्यापक संघले उपकुलपति, रजिष्ट्रार, रेक्टर तथा सेवा आयोग कार्यालयमा तालाबन्दी गरेको थियो।

यद्यपि नेविसंघ केन्द्रीय समिति तथा स्ववियुका पदाधिकारीहरूले तालाबन्दीको औपचारिक जिम्मेवारी नलिएको जनाए पनि, आंशिक प्राध्यापक संघले भने यसका लागि जिम्मा लिँदै विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीलाई कार्यालयभित्र जान र बाहिर बसेर काम गर्न समेत रोक लगाएको छ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ८ : १८ बजे

सरकारले अब कालो चश्मा हटाउनुपर्छ : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारको

कर्णाली डेभलपमेन्ट बैंक डुबाउने प्रमुख कार्यकारी अधिकृत शाह सहित ३ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक घोटालामा

रास्वपा सांसद रमेश प्रसाईंको प्रश्न – प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यास अभाव छ कि छैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले देशभर

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता