८ चैत्र २०८२, आइतबार | March 23, 2026

बाँकेबाट ब्राउनसुगर सहित नेपाली सेनाका जवान सन्जु आले पक्राउ



नेपालगन्ज । बाँकेको बैजनाथबाट ठूलो परिमाणमा ब्राउन सुगरसहित नेपाली सेनाका जवान पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका(२ घर भई हाल नेपाली सेनाको जग दल गण काठमाडौंमा कार्यरत सैनिक जवान २६ वर्षीय सन्जु आलेलाई प्रहरीले लागु औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

आज अपराह्न लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जको टोली र इलाका प्रहरी कार्यालय बनकटुवाको संयुक्त टोलीले सन्जुलाई १० ग्राम ६२७ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको बाँके प्रहरीले जानकारी दिएको छ ।

ब्राउन सुगरको कारोबार भइरहेको विशेष सूचनाका आधार ब्यूरोको टोलीसँगै रहेको बनकटुवा प्रहरीले सन्जुको घरभित्र रहेको जाँडको भाँडोमा राखिएको प्लास्टिक निकालेर तौल गर्दा १० ग्राम ६२७ मिलिग्राम ब्राउन सुगर फेला पारेपछि सैनिक जवान आलेलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख डीएसपी लक्ष्मी खनालले बताइन् ।

सन्जुको साथबाट ब्यूरोको टोलीले ब्राउन सुगरसहित १ थान मोबाइल र नगद २ हजार रुपैयाँ बरामद गरेको प्रहरीले जानकारी दिएको छ भने पक्राउ परेका सन्जुलाई आबश्यक कारबाही तथा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोहलपुर पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १० : २८ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय