२० मंसिर २०८२, शनिबार | December 6, 2025

एसिसी पुरुष यु-१६ : मलेसियामाथि नौ विकेटको जित निकाल्दै नेपाल फाइनलमा



काठमाडौं । एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा घरेलु टिम मलेसियाविरुद्ध नौ विकेटको जित निकाल्दै नेपाली टिम फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार क्वालालम्पुरमा सम्पन्न खेलमा घरेलु टिमले प्रस्तुत गरेको ९१ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर परिमार्जन यादवले ५९ रन बनाए । यस्तै, शिवान्स बजगाईंले २३ रन थपे ।

मलेसियाका नागिनेस्वरण साथनाकुमारनले एक विकेट लिए ।

त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९० रनको योगफल तयार पारेको हो ।

मलेसियाका मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । कप्तान दियाज पात्रोले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका अभय यादवले सर्वाधिक चार विकेट लिए । यादवले १० ओभरमा १५ रन मात्र खर्चिए । यस्तै, १० ओभरमा ४ मेडन राख्दै १२ रनमात्र खर्चेर सुभम खनालले तीन विकेट लिए । कप्तान विपीन शर्मा र सचिन भट्टले समान एक विकेट लिए ।

नेपालले अब उपाधिका निम्ति हङकङ र सिंगापुरबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  १२ : १७ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय