३० असार २०८२, सोमबार | July 14, 2025

अर्थमन्त्री पौडेलद्वारा मलेसियन लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान



काठमाडौं। नेपालको भौतिक पूर्वाधार तथा पर्यटन क्षेत्रमा लगानी विस्तार गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मलेसियन लगानीकर्तालाई आग्रह गरेका छन्।

नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले पूर्वाधार विकास र पर्यटन क्षेत्र नेपालका सम्भावनायुक्त क्षेत्रहरू भएको उल्लेख गर्दै थप लगानीको लागि आग्रह गरेका हुन्।

ूनेपालमा निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण छ। नीति तथा कानुनी संरचना लगानीकर्ताका पक्षमा छन्। सम्भाव्य क्षेत्र पहिचान गरी योजनाबद्ध ढंगले अगाडि बढ्नुस्, सरकार आवश्यक सहयोग र सहजीकरण गर्न तत्पर छ,ू उनले भने।

भेटमा प्रतिनिधिमण्डलका सदस्यहरूले सूचना प्रविधि, व्यापार, जलविद्युत्, पूर्वाधार, वातावरण र पर्यटनलगायतका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको जनाएका थिए।

प्रतिनिधिमण्डलमा मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ कि खान, गणेशकुमार वनगाह, एम।के। संग्राहलगायतको सहभागिता रहेको थियो।

 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १२ : २६ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिक सेवा शुभारम्भ

बुटवल । महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारमा नयाँ आयाम

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

नेपालगन्ज । नदी तटीय क्षेत्रका बस्ती जोगाउन बाँकेमा नयाँ प्रविधिको

३५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट

भारतमा आँप बोकेको लरी पल्टिँदा नौ जनाको मृत्यु, ११ घाइते

नयाँदिल्ली । दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा आँप बोकेको लरी

बजेट निर्माण गर्न बनाइएको विधि भत्काइयो, सेटिङमा बजेट बनाइयो : अध्यक्ष प्रचण्ड

काठमाडौं । संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा