१ पुस २०८२, मंगलबार | December 17, 2025

गणतन्त्रको स्थापना गर्न गिरिजाप्रसाद कोइरालाको भूमिका महत्वपूर्ण छ : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न स्व गिरिजाप्रसाद कोइरालाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको बताएका छन् ।

जय नेपाल इन्टरनेसनल फाउण्डेसनले स्व कोइरालाको जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व कोइरालाको भूमिका महत्त्पूर्ण रहेको बताए । अहिले मुलुक गणतन्त्रलाई सुदृढीकरण गर्दै आर्थिक सामाजिक रुपान्तरणको यात्रामा अघि बढिरहेको उनले उल्लेख गरे।

“गिरिजाबाबु नभएको भए मुलुकमा अहिल्यै गणतन्त्र आउने थिएन, गणतन्त्र ल्याउन उहाँले हिम्मत गर्नुभयो, जनमत सिर्जना गर्नुभयो”, सभापति देउवाले भने, “यद्यपि, अहिले केही समस्या छन्, तिनलाई समाधान गर्दै लैजानुपर्छ ।”

समावेशी राजनीतिक प्रणालीले सबै वर्ग, क्षेत्र र समुदायको राज्य संयन्त्रमा प्रतिनिधित्व सुनिश्चित गरेको जनाउँदै देउवाले मुलुकलाई आथिक रूपमा सम्पन्न बनाएर जनतालाई त्यसको लाभ दिलाउन सबै दल क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याए ।

कांग्रेस वरिष्ठ नेता डा शेखर कोइरालाले हरेक कालखण्डमा मुलुकको राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टीले अब आर्थिक सामाजिक रुपान्तरणको पनि नेतृत्व गर्नुपर्ने आवश्यकता औँल्याए । “प्रजातन्त्र स्थापना, पञ्चायत र राजतन्त्र अन्त्य तथा संविधान निर्माणमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । कांग्रेसको नेतृत्वमा संविधान कार्यान्वयन गरी मुलुकलाई समृद्धिको मार्ग अघि बढाउनुपर्छ”, उनले ने ।

कोइरालाले हरित ऊर्जा, आधुनिक कृषि प्रणाली, उन्नत बाली प्रवर्द्धन तथा किसानलाई प्रविधिसँग जोड्न विशेष योजना ल्याउनुपर्नेमा जोड दिँदै धार्मिक, सांस्कृतिक, आध्यात्मिक र साहसिक पर्यटन प्रवर्द्धन गरी मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउनुपर्ने बताए ।

कांग्रेस नेता एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गिरिजाबाबु क्रान्ति र शान्तिको नायकका रूपमा रहनुभएको बताए। “गिरिजाबाबु जे बोल्नुहुन्थ्यो, त्यो गर्नुहुन्थ्यो”, उनले भने । मन्त्री चौधरीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा विजेता खेलाडीलाई प्रोत्साहित गर्न सरकारले विभिन्न पुरस्कार र सम्मानको व्यवस्था गरेको जानकारी दिए ।

कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले जनताको सङ्घर्षको माध्यमबाट प्राप्त राजनीतिक उपलब्धिलाई सुदृढ गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिइन । उनले संविधानमा भएको जनअधिकार कार्यान्वयन गर्न एकजुट हुनुपर्ने उल्लेख गर्दै राजनीतिमा युवा पुस्ताको सहभागिता अनिवार्य रहेको धारणा राखिन्।

कार्यक्रममा सभापति देउवाले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिताका विजेता नेपाली खेलाडी तथा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विजयी उम्मेदवारलाई सम्मान गरेका थिए ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ८ : १० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष