१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

एमाले निकट उम्मेदवारहरुलाई हराउँदै कान्ति माबिमा विपक्षी गठबन्धन बिजयी



बुटवल । राजनीतिक दलहरुको असमझदारीको शिकार बन्दै आएको कान्ति माद्ययामिक बिद्यालय, बुटवल व्यवस्थापन समितिले अन्ततः नयाँ नेतृत्व पाएको छ । मुख्य राजनीतिक दलहरुबीच भागबन्डा नमिलेका कारण १ वर्ष बढी रिक्त रहेको व्यवस्थापन समितिले गयराति मात्र नयाँ नेतृत्व पाएको हो ।

कान्ति मावि विद्यालय व्यवस्थापन समितिको शनिबार मध्यराती निर्वाचन सम्पन्न भएको छ । चार सदस्यीय पदका लागि १६ जनाबीच प्रतिस्पर्धा भएकोमा विपक्षी गठबन्धनका उम्मेदवारहरु बिजयी भएका छन् । २०८१ वैशाख पहिलो साता नै व्यवस्थापन समितिको समय सकिए पनि दलहरुबीच भागवण्डा नमिलेपछि १ वर्ष धिलागारी निर्वाचनद्वारा समिति चयन गरिएको हो ।

३ हजार ९७७ जना मतदाता रहेको कान्तिमा ११४२ मत मात्र खसेको थियो । निर्वाचन अधिकृत झविन्द्र भुसालका अनुसार ५ हजार ७ सय विद्यार्थी रहेको विद्यालयमा एक अभिभावकले एक मताधिकार पाउने गरी निर्वाचन गराइएको थियो ।

प्राप्त परिणम अनुसार ५१४ मत प्राप्त गर्दै खुल्ला तर्फ बिपक्षि गठबन्धनबाट नेकपा बिप्लव निकट उम्मेदवार रामकृष्ण शर्मा बिजयी भएका छन् । त्यसैगरि खुल्ला तर्फबाटै गठबन्धनमा पूर्व माओवादी केन्द्र र हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट मित्र गिरी ४८१ मतका साथ विजयी भएका छन् । महिला तर्फ माओवादी केन्द्रकी कमला पन्थीले सर्वाधिक मत ५८८ मत पाएर बिजयी भएकी छन् भने अर्को महिला सदस्यमा नेपाली कांग्रेस निकट संगीता पोखरेलले ५०१ मत प्राप्त गर्दै विजयी बनेकी छन् ।

खुल्ला तर्फ शिवप्रसाद आचार्यले ३५५ र हुमनाथ पाण्डेले ३४५ प्राप्त गरेका छन् । महिला तर्फ राधीका पन्थीले ३८३ र गिता अर्याल पन्तले २४६ मत पाएका छन् ।

कान्ति माविको विद्यालय व्यवस्थापन समितिको चुनावमा नेकपा एमालेका उम्मेद्वारहरु एक्लै चुनावी मैदानमा थिए भने नेपाली कांग्रेस, रास्वपा, नेकपा माओवादी केन्द्र, नेकपा बिप्लब ,नेकपा एकीकृत समाजवादीलगायतका दलहरु गठबन्धन बनाएर चुनाव लडेका थिए ।

 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ७ : २९ बजे

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a