टेक्सास । अमेरिकाको टेक्सास बाढीमा हराएकाको खोजी कार्य जारी छ । अहिलेसम्म १५ बालबालिकासहित कम्तिमा ४३ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । शुक्रबार बिहान ग्वाडालुप नदीमा बाढी आउँदा धेरै जसो निदाइ रहेका थिए । सो नदीमा पानीको सतह बढेर आधा घण्टामा नै आठ मिटर बढेको हो ।
क्रिस्चियन यूथ क्याम्पमा रहेका २७ जना विद्यार्थी अझै हराइरहेका छन् । अहिलेसम्म ८५० जनाको उद्धार भइसकेको छ। मौसम पूर्वानुमान अनुसार त्यस स्थानमा अझ धेरै पानी पर्न सक्ने छ ।
धेरै असर ‘मोबाइल’ घर, क्याम्पिङ साइट तथा समर क्याम्पमा भएको थियो । चार जुलाईका दिन त्यहाँ बिदा मनाउन धेरै जना जाने गरेका थिए । शनिबार टेक्सासमा गभर्नर ग्रेट अबोटले अहिले खोजी कार्य युद्ध स्तरमा भइरहेको जानकारी दिएका छन् ।
टेक्सासका अधिकारीले दिएको जानकारी अनुसार हराएका २७ जनामा धेरै जसो १२ वर्ष मुनिका बालबालिका थिए । कतिपय अभिभावकले आफ्नो बच्चा मृत अवस्थामा फेला परेको बताइ सकेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपद्को समयमा सङ्घीय सरकारले स्थानीय सरकारसँग मिलेर उद्धार कार्यमा सक्रिय रहेको बताएका छन् । यस सातामा केन्द्रीय टेक्सासमा अझ ठुलो पानी पर्ने मौसम पूर्वानुमान छ ।
प्रतिक्रिया