१ पुस २०८२, मंगलबार | December 16, 2025

नवलपुरमा गैडा मृत अवस्थामा फेला



नवलपुर । नवलपुर जिल्लाको पूर्वी क्षेत्र, विनयी त्रिवेणी गाउँपालिका–१, ज्यामिरे खोलाको किनारमा एक भाले गैडा मृत अवस्थामा फेला परेको छ।

आज बिहान चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीहरूले अन्दाजी १५ वर्ष उमेरको गैडा मृत भेटिएको जानकारी प्रहरीलाई दिएका थिए। प्रारम्भिक अनुमानअनुसार उक्त गैडा करिब १र२ महिना अगाडि नै मरेको देखिन्छ।

जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय दुम्किबासबाट प्रहरी निरीक्षक राजन प्रसाद तिम्सिनाको कमाण्डमा ५ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। निकुञ्जका कर्मचारीहरू पनि घटनास्थलमा पुगेर अनुसन्धान थालेका छन्।

मृत गैडा भेटिएको स्थान इलाका प्रहरी कार्यालय दुम्किबासदेखि करिब ३ किलोमिटर दक्षिणमा पर्दछ। मृत्युको कारण खुल्न बाँकी रहेकाले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १२ : ४२ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष