३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

खजुरा गाँउपालिकाको खर्च प्रगति ९५ प्रतिशत



खजुरा । बाँकेको खजुरा गाँउपालिकाले आव ०८१/८२ मा आम्दानीका आधारमा ९५ प्रतिशत रकम खर्च गर्न सफल भएको छ । पालिकाले घाटा बजेटकै बीच आम्दानीका आधारमा ९५ प्रतिशत बजेट खर्च गर्न सफल भएको हो ।

पालिकाले सार्वजनिक गरेको तथ्यांक अनुसार आव ०८१/८२ का लागि ७८ करोड ९२ हजार ७५५ बजेट बिनियोजन गरिएकोमा चालु तर्फ ५२ करोड ५ लाख ८३ हजार ३५० र पुँजीगत तर्फ १७ करोड ९५ लाख २६ हजार १३१ रुपैयाँ सहित ७० करोड १ लाख ९ हजार ४८१ खर्च गरेर बिनियोजन तर्फ ८९.७४ प्रतिशत खर्च प्रगति गर्न सकेको गाँउपालिकाले जनाएको छ ।

आम्दानी तर्फ पालिकाले ७२ करोड ९३ लाख २६ हजार ३३१ रहेकोमा आम्दानीको अनुपातमा ९५.९९ प्रतिशत खर्च गर्न सकेको गाँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसबहादुर रानाले बताए । उनले बेरुजु घट्दै गएको र लक्ष्य अनुसारको खर्च प्रगति बढ्दै गएको जनाउँदै लक्ष्य नजिक पुग्न सहयोग गर्ने सबैलाई धन्यवाद प्रकट गरेका छन् ।

कार्य प्रगतिमा आफुलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउने पालिका अध्यक्ष, उपाध्यक्ष,, वडा अध्यक्षहरु, वडा सदस्य, गाउँपालिका कार्यालयका प्रबबिधिक कर्मचारी, शाखा प्रमुखहरुलगायत सबैलाई सक्रिय योगदानको कार्यप्रगति प्रति उनले धन्यवाद ब्यक्त गरे । आगामी बर्षहरु मा पनि खजुरा गाउँपालिकाको बेरुजु कम र कार्य प्रगति बढाउने कार्यमा सबै जिम्मेवार ब्यक्तित्वबाट आफुले अपेक्षा राखेको उनले बताए ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ९ : ०५ बजे

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत