५ पुस २०८२, शनिबार | December 20, 2025

सम्पर्कमा आए थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी



। रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृतसहित सातै जना कर्मचारी सम्पर्कमा आएका छन् । उनीहरूले आज बिहानै गाउँपालिका अध्यक्ष ऋषि केशव बुढामगरलाई फोन गरेर आफूहरू गुल्मीको दुर्गम गाउँमा रहेको जानकारी दिएका हुन् ।

गाउँपालिका अध्यक्ष बुढामगरले कार्यकारी प्रमुखले आफूहरू सकुशल गुल्मीमा रहेको जानकारी दिएको बताए । यद्यपी उनीहरु के कारणले सम्पर्कविहिन हुनुपर्यो भन्ने विषयमा भने आफूलाई जानकारी नगराएको उनले बताए । ‘हामीसँग उहाँहरु (कर्मचारी) सम्पर्कमा आउनु भएको छ । के कारणले हो त्यो भने उहाँहरुलाई नै सोध्नुहोला ।’-बुढा मगरले भने, हामीसँग कुरा गर्दा त्यस्तै त्यस्तै पर्यो मात्रै भन्नु भयो । सबै कुरा खुलेको छैन ।’ अध्यक्ष बुढामगरले बुधबार एक विज्ञप्ति जारी गर्दै कर्मचारी सम्पर्कविहीन भएको जानकारी गराएका थिए ।

प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले पनि उनीहरू सम्पर्कमा रहेको बताएका छन् । “मैले हिजो राति १० बजेतिर प्रमुख प्रशासकीय अधिकृतसँग फोनमा कुरा गरेको थिएँ । उहाँहरूले हामी सकुशल छौँ, लिवाङ आउँदैछौँ भन्नुभयो । बिहान पनि फेरि सम्पर्क भएको छ । काम सकेर फर्किंदैछौँ भन्नुभएको छ,” उनले भने ।

सम्पर्कविहीन भएका कर्मचारीहरूमा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगर, सहायक प्रशासन पाँचौँ तहका हरिश माझी, सह-लेखापाल यज्ञप्रसाद कँडेल, सब-इन्जिनियर चन्द्रप्रकाश ओली, निशा आचार्य, खापासटे शिवकुमार वली र सवारी चालक प्रदीप केसी रहेका थिए ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  १० : ०८ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता