१ पुस २०८२, मंगलबार | December 17, 2025

मुख्यमन्त्री आचार्यद्वारा एनटिभी कोहलपुरको निरीक्षण



कोहलपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एनटिभी कोहलपुरको निरीक्षण गरेका छन् । बिहीवार बाँकेको कोहलपुर आईपुगेका मुख्यमन्त्री आचार्यले सो अवसरमा कार्यालयको कार्यप्रणाली, पूर्वाधार तथा प्रसारण संयन्त्रबारे जानकारी लिएका हुन् ।

मुख्यमन्त्री आचार्यलाई एनटिभी कोहलपुरका प्रमुख निराजन खनालसहितको टोलीले स्वागत गरेको थियो ।

निरीक्षणका क्रममा मुख्यमन्त्री आचार्यले सूचना प्रविधिको तीव्र विकाससँगै देखिएका विकृति र विसङ्गतिहरूको अन्त्यका लागि तथ्यमा आधारित, निष्पक्ष र सन्तुलित समाचार सम्प्रेषण अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गरे ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मिडिया क्षेत्रसँग सहकार्य गरेर सरकारी सेवाहरूलाई अझ बढी पहुँचयुक्त र प्रभावकारी बनाउन प्रयत्नशील रहेको जानकारी पनि दिए ।

निरीक्षणमा मुख्यमन्त्री आचार्यसँगै आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवाल, प्रदेश सभा सदस्य वसन्ती न्यौपानेलगायत अधिकारीहरूको उपस्थिति रहेको थियो ।

एनटिभी कोहलपुरका प्रमुख खनालले सञ्चारगृहको वर्तमान अवस्था, उपलब्ध साधन(स्रोत, सामग्री उत्पादन र प्रसारणको अवस्था बारेमा जानकारी गराउँदै प्रदेशस्तरीय सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउने दिशामा थप लगानी र सहकार्य आवश्यक रहेको धारणा राखे ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  १ : १० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष