१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

बर्सातका कारण सुनसान बने ‘होमस्टे’



ढोरपाटन । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास (होम-स्टे) खासगरी हिमशृङ्खाला अवलोकन गर्न र ग्रामीण जीवनशैलीको अनुभूति गर्न पर्यटक भकुण्डे पुग्ने गर्छन् ।

बागलुङ नगरपालिका-१० मा पर्ने उक्त घरबासमा गत जेठ अन्तिम सातासम्म आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै थियो तर वर्षाका कारण सडक बिग्रिँदा यति बेला ती घरबास सुनसान भएका छन् ।

घरबासमा पाहुना आउन छोडेपछि स्थानीय बारीको काममा व्यस्त छन् । भकुण्डे गाउँका स्थानीयले १५ घरमा घरबास सञ्चालन गरेका छन् । हिउँदको समयमा सडक यात्रा सहज हुँदा पर्यटकको चहलपहल बढ्ने तर बर्खाको करिब चार महिना ठप्प हुने घरबास सञ्चालक यमबहादुर थापाले बताए । व्यावसायिक रूपमा सञ्चालन गरेको घरबासमा बाह्रै महिना पाहुना नआउँदा उत्पादन खेर जाने गरेको उनको भनाइ छ ।

थापाले भने, “बागलुङ बजारदेखि यहाँ (भकुण्डे गाउँ)मा आउने सडक राम्रो हुन्थ्यो भने बाह्रै महिना एकैनासले पाहुना आउने थिए, अलि ठूलो वर्षा हुँदा बित्तिकै सडकमा गाडी गुड्न छोड्छन्, अहिले मान्छेहरू पैदलयात्रा गर्न खासै रुचाउँदैनन्, राज्यले यति सडकलाई व्यवस्थित गरिदिए घरबास सञ्चालनसहित सिङ्गो गाउँलेलाई सामान ढुवानी र यात्रा गर्न सहज हुने थियो ।”

अब असोज कात्तिकतिर मात्रै पाहुनाको चहलपहल हुने थापाले बताए । यतिबेला घरबास सञ्चालक कोदो रोप्ने, आलु खन्ने काममा लागेको उनको भनाइ छ । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि नजिकै रहेको भकुण्डेमा गाडीमा एक घण्टा र पैदलयात्रा गर्दा करिब साढे एक घण्टामा पुग्न सकिन्छ ।

काठेखोला गाउँपालिका-३ धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबास पनि सुनसान बनेको छ । असार पहिलो सातादेखि पाउना आउन छोडेको सञ्चालक गोपाल श्रीसले बताए । अधिकांश पर्यटक सहरी क्षेत्रबाट आउने भन्दै बागलुङ बजारदेखि गाउँसम्म पुग्ने सडक अव्यवस्थित हुँदा पाहुन आउन नसकेको उनको भनाइ छ । कात्तिकदेखि जेठसम्म पाहुनाको चाप भई राखे पनि बर्खाको करिब चार महिना बन्द हुने श्रीसले सुनाए ।

“अहिले पनि धेरै पाहुनाहरू हाम्रो सम्पर्कमा हुनुहुन्छ, आउँछौँ भन्नुहुन्छ तर सडकको दूरावस्थाका कारण ल्याउन सकेका छैनौँ, गाउँको सडक अप्ठ्यारो छ, यति बेला अर्गानिक तरकारी फल्ने हो, न घरबासमा पाउन आउँछन् र खुवाउन पाइन्छ न बजारमा पठाउन सकिन्छ”, श्रीसले भने, “व्यावसायिक रुपमा घरबास सञ्चालन गर्नेहरूलाई बर्खाको तीनरचार महिना घर परिवार चलाउन समस्या हुन्छ ।”

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले ग्रामीण क्षेत्रसँग जोडिएका सडकलाई व्यवस्थित गरी बाह्रै महिना सहज रुपमा सञ्चालन गर्ने गरी काम गरिरहेको बताए । गाउँपालिकाले घरबासलाई प्रवर्द्धन गरी पर्यटन क्षेत्रका विकास गर्ने उनको भनाइ छ । पालिकाभित्रका अझै कतिपय सडक अप्ठ्यारा रहेको हुँदा क्रमैसँग सुधार गर्दै जाने अध्यक्ष थापाले बताए ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ७ : १८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले