२ पुस २०८२, बुधबार | December 17, 2025

इन्धन स्विचहरू अफ हुँदा एयर इन्डिया विमान दुर्घटना भएको रिपोर्ट सार्वजनिक



काठमाडौं । भारतको अहमदावादमा गत महिना भएको एयर इन्डिया विमान दुर्घटना भएको समयमा कोपाइलटले चलाएको र मूल क्याप्टेनले मनिटरिङ गरिरहेको रिपोर्टबाट देखिएको छ । रिपोर्ट अनुसार इन्जिनहरू बन्द गर्न प्रयोग गरिने इन्धन नियन्त्रण गर्ने स्विचहरू बन्द अवस्था (कट-अफ)मा पाइएको छ । ककपिटमा रेकर्ड भएको स्वरको टुक्राले यो अनुमान भएको हो ।

‘किन उसले कट अफ गरेको ?’ रेकर्ड भएको आवाजमा भनिएको छ । दुर्घटनामा २६० जना यात्रुको ज्यान गएको थियो । प्रारम्भिक रिपोर्ट बाहिर आएपछि एयर इन्डियाले विज्ञप्ति जारी गर्दै सबै सरोकारकलासँग समन्वय गर्ने जनाएको छ । एयर इन्डियाले मृतकको परिवारको दुःखमा आफ्नो पनि साथ रहेको बताएको छ ।

१५ पृष्ठ लामो रिपोर्टमा विमानले पूर्ण गति लिएपछि एक सेकेन्डको अन्तरमा इन्जिन १ र इन्जिन २ को स्विच रनबाट कटअफ पोजिसनमा गएको थियो । त्यसपछि पाइलटको आवाज ककपिटमा रेकर्ड भएको हो । चार सेकेन्डको फरकमा दुवै इन्जिनको स्विच कट अफबाट रनमा सरेको छ । त्यसको केही मिनेटपछि एक पाइलटले ‘मे डे मे डे मे’ भनेका थिए । त्यसको लगत्तै विमान विस्फोटको आवाज आएको थियो ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ७ : ५२ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको