३ पुस २०८२, बिहिबार | December 18, 2025

जबज केवल राजनीतिक सिद्धान्त होइन, मानव कल्याणको दार्शनिक मार्गदर्शन हो : विद्या भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) केवल राजनीतिक सिद्धान्त मात्र नभएर मानव कल्याण, लोकहित र सामाजिक न्यायका लागि मार्गदर्शक दार्शनिक चिन्तन भएको स्पष्ट पारेकी छन्।

शनिबार मदन भण्डारी फाउन्डेशनद्वारा आयोजित जर्नल विमोचन तथा विमर्श कार्यक्रममा बोल्दै भण्डारीले जबजको सार वैदिक मन्त्र ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः’ सँग मेल खाने बताइन्। उनले भनिन्, ‘यस मन्त्रमा सबै मानिस सुखी, निरोगी होउन् र कसैले पनि दुःख भोग्न नपरोस् भन्ने भावना व्यक्त गरिएको छ। जबजको मूल मर्म पनि यही हो।’

उनले भनिन, ‘जबजले राष्ट्रको समृद्धि र नागरिकको सुखका लागि स्पष्ट दिशा दिएको छ । नेकपा एमालेले यही सिद्धान्तलाई आत्मसात् गर्दै अविचलित रूपमा काम गरिरहेको छ।’

भण्डारीले केहीदिनअघि मात्र नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छिन् । पार्टी सदस्यता नवीकरण गरेर आगामी महाधिवेशनमा अध्यक्षको प्रतिस्पर्धामा उत्रिने जनाउ गरेकी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न निरन्तर काम गरिरहेको बताइन्।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ५ : ३१ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन