३० असार २०८३, मंगलबार | July 14, 2026

घुस प्रकरणमा मुछिएका मन्त्रीका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिन सरकारको ध्यानाकर्षण



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले सरकारका मन्त्रीहरुले घुस लिएको विषय सार्वजनिक प्रचारमा आएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

पाण्डेले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमाथि प्रश्न उठेकाले सरकारले तत्काल जवाफ दिनुपर्नेमा माग गरे ।

कम्पनी रजिष्ट्रार कार्यालयमा भइरहेको ढिलासुस्तीप्रति ध्यानाकर्षण गराउँदै सांसद पाण्डेले कर्मचारीहरुबाट भइरहेको सेवाग्राहीको हितविपरीतको गतिविधि तत्काल बन्द गर्न र जरिवाना छुटको प्रबन्ध गर्न आग्रह गरे ।

जनता समाजवादी पार्टीका सांसद सुशीला श्रेष्ठले झापाको झापा गाउँपालिकामा अवस्थित लसुना नाकालाई थप व्यवस्थित गर्न भन्सार कार्यालय स्थापना गरी राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन र भौतिक पूर्वाधारको यथोथित संरक्षण गर्न माग गरिन् ।

जनमत पार्टीका सांसद अब्दुल खाँनले रसुवागढीमा काम गर्न गएका बर्दियाका नागरिक बाढीमा परी बेपत्ता भएको उल्लेख गर्दै उनीहरुको खोज गरी पीडित परिवारलाई राहत उपलब्ध गराउन आग्रह गरे । बाढीपहिरोका कारण नेपाल–चीन सीमामा रहेको मितेरी पुल बगेको, दर्जनौँ सवारीसाधन बगाएको तथा जनधनको क्षति भएकाले तत्काल पुनः निर्माणको काम गर्नुपर्ने बताए ।

जनता समाजवादी पार्टी नेपालका सांसद रेखा यादवले तराई–मधेसका विभिन्न जिल्लामा खानेपानीको समस्या विकराल बन्दै गएकाले यथोचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए ।

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीले तराई–मधेसलाई जलसङ्कट क्षेत्र घोषणा गर्न माग गरे । उनले पर्याप्त वर्षा नहुँदा सिँचाइ नहरबाहेकका क्षेत्रमा रोपाइँ हुन नसकेको बताए ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले चालु आर्थिक वर्षको पुँजीगत खर्च न्यून हुनु दुःखद् रहेको धारणा राखे । मुलुकमा व्यापारघाटा चुलिँदै गएको, दाल, चामल, खाद्य पदार्थसमेत विदेशबाट आयात गरिँदा घाटाको ग्राफ बढेको उनको भनाइ छ ।

राष्ट्रिय जनमोर्चा पार्टीका सांसद चित्रबहादुर केसीले सरकारमा बस्नेहरुले देश र जनताको हितमा काम नगर्दा व्यवस्थाकाविरुद्ध आवाज उठ्ने गरेको तर्क गरे । उनले सरकार प्रमुख र मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक नगरेकामा आपत्ति प्रकट गरे ।

आमजनता पार्टीका सांसद प्रभु साहले काठमाडौँका विभिन्न स्थानमा बसोबास गर्ने सुकुम्बासी बस्तीमा खानेपानीको उपलब्धता हुन नसकेकाप्रति सरकारको ध्यानाकर्षण गराए । उनले तराई–मधेसमा खानेपानीको चरम अभाव देखिएको भए पनि सरकारकोतर्फबाट कुनै सार्थक प्रयास नभएकामा गुनासो गरे ।

स्वतन्त्र सांसद योगेन्द्र मण्डलले विराटनगर रङ्गेलीमा निर्माणाधीन हुलाकी राजमार्गको काममा भइरहेको ढिलासुस्तीबारे चर्चा गर्दै स्थानीयवासीलाई धुलो र हिलोको समस्या समाधान गर्न माग गरे ।

नेपाली कांग्रेसका सांसद नागिना यादवले केही दलका सांसदले सदनमा अप्रमाणित विषयमा पटकपटक धारणा राखेका कारण सांसदहरुको मर्यादा र गरिमामाथि प्रश्न उठेको बताइन ।

नेकपा (एमाले)का सांसद तारा लामा तामाङले कञ्चनपुरको कृष्णपुरमा एक महिलाको छाउगोठमा मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतक परिवारलाई उचित राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ४ : १० बजे

संसद्‍बाट केहीबेरमै निस्किएका प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा उपस्थित

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन ।नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु

‘गोली हानेर मार्छु’ भन्दै एमाले प्रमुख सचेतक महरलाई ज्यान मार्ने धम्की, संसदमै गरे सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च

सरकारी विज्ञापनमा निजी मिडियामाथिको प्रतिबन्ध सर्वोच्चद्वारा बदर, सरकारको ‘एकद्वार नीति’ खारेज

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन