१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

महानगरको १७औं नगरसभामा उपमेयर सुनिता डंगोलले बजेट प्रस्ताव प्रस्तुत गरेकी हुन्।

चालु आर्थिक वर्षका लागि महानगरले २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँ बजेट ल्याएको थियो। आगामी वर्षको बजेटमा करिब ६ करोड रुपैयाँको वृद्धि गरिएको हो।

महानगरले हालसम्म चालु आर्थिक वर्षमा १० अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन गरिसकेको छ।

यसअघि महानगरको राजस्व परामर्श समितिको बैठकले आगामी वर्षका लागि २५ अर्ब ११ करोड रुपैयाँ बजेट सीमा तोकेको थियो। सो बैठक मेयर  बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको थियो।

समितिले विभिन्न क्षेत्रगत बजेट सीमा पनि तोकेको छ। तीअनुसार :

  • आर्थिक विकास क्षेत्रमा: ३ प्रतिशत

  • कार्यालय सञ्चालन तथा प्रशासन क्षेत्रमा: १४ प्रतिशत

  • पूर्वाधार विकास क्षेत्रमा: ५१ प्रतिशत

  • सामाजिक विकास क्षेत्रमा: २० प्रतिशत

  • सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रहरूमा: १२ प्रतिशत बजेट विनियोजन गरिने प्रस्ताव छ।

यो बजेटले काठमाडौंको पूर्वाधार, सामाजिक सेवा, प्रशासनिक सुधार र समग्र विकासमा ध्यान केन्द्रित गरेको छ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ४ : २२ बजे

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौँ । नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

पक्राउ परेका सबै पत्रकार रिहा : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए

मुस्ताङ । प्रतिकूल मौसमका कारण नेपाल–चीन सीमाको कोरला नाका क्षेत्रमा