२३ भदौ २०८३, मंगलबार | September 9, 2026

नेपालगन्ज उपमहानगरको बजेट सर्बसम्मत पारित



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट सर्बसम्मत पारित भएको छ । नगरसभाको १७औं अधिवेशनको आज बसेको दोस्रो बैठकबाट १ अर्ब ६४ करोड बराबरको बजेट सर्वसम्मत पारित भएको हो ।

सभा अध्यक्ष एवम् नगर प्रमुख प्रशान्त विष्टले बैठकमा नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक बर्ष २०८२/८३ को बार्षिक राजश्व र ब्ययको अनुमान (बजेट) पारित गरिदिनका लागि बैठकमा प्रस्ताव गरेका थिए ।

नगरसभाका सचिव एवम् नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माका अनुसार त्यसअघि नगरसभाको आजको बैठकले नीति तथा कार्यक्रम पनि पारित गरेको थियो । भवानियापुरस्थित नेपालगन्ज सिटी हलमा आज बसेको बैठकमा नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२, मर्मत-सम्भार विधेयक २०८१, प्रज्ञा प्रतिष्ठान विधेयक २०८२ स्विकृतिका लागि पेश गरिएकोमा सर्वसम्मत पारित भएको छ ।

नगरसभाको दोस्रो बैठकले नगर कार्यपालिकाका निर्णयहरु समेत अनुमोदन गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक बर्ष २०८०/८१ को म.ले.प. प्रतिवेदन पनि छलफलका लागि पेश गरिएको थियो । बैठकमा नगरसभा सदस्यहरु प्रमोद रिजाल, राजकुमार साहु, दीपक कुमार बर्मा, गोपाल पुन, कैशल कुमार धोबी, मनोज कुमार श्रेष्ठ लगायतले बजेट, नीति तथा कार्यक्रम र म.लेपका बिषयमा धारणा राखेका थिए ।

सभाका उपाध्यक्ष एवम् नगर उपप्रमुख कमरुद्दिन राईले गत असार १० गते बसेको नगरसभाको १७औं अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ६४ करोड ७१ लाख ४६ हजार ६ सय ६६ रुपैयाँ ६७ पैसा बराबरको अनुमानित आयब्यय विवरण को लागि बजेट पेश गरेका थिए ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ६ : ०६ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी