१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेपालगन्ज उपमहानगरको बजेट सर्बसम्मत पारित



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट सर्बसम्मत पारित भएको छ । नगरसभाको १७औं अधिवेशनको आज बसेको दोस्रो बैठकबाट १ अर्ब ६४ करोड बराबरको बजेट सर्वसम्मत पारित भएको हो ।

सभा अध्यक्ष एवम् नगर प्रमुख प्रशान्त विष्टले बैठकमा नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक बर्ष २०८२/८३ को बार्षिक राजश्व र ब्ययको अनुमान (बजेट) पारित गरिदिनका लागि बैठकमा प्रस्ताव गरेका थिए ।

नगरसभाका सचिव एवम् नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माका अनुसार त्यसअघि नगरसभाको आजको बैठकले नीति तथा कार्यक्रम पनि पारित गरेको थियो । भवानियापुरस्थित नेपालगन्ज सिटी हलमा आज बसेको बैठकमा नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२, मर्मत-सम्भार विधेयक २०८१, प्रज्ञा प्रतिष्ठान विधेयक २०८२ स्विकृतिका लागि पेश गरिएकोमा सर्वसम्मत पारित भएको छ ।

नगरसभाको दोस्रो बैठकले नगर कार्यपालिकाका निर्णयहरु समेत अनुमोदन गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक बर्ष २०८०/८१ को म.ले.प. प्रतिवेदन पनि छलफलका लागि पेश गरिएको थियो । बैठकमा नगरसभा सदस्यहरु प्रमोद रिजाल, राजकुमार साहु, दीपक कुमार बर्मा, गोपाल पुन, कैशल कुमार धोबी, मनोज कुमार श्रेष्ठ लगायतले बजेट, नीति तथा कार्यक्रम र म.लेपका बिषयमा धारणा राखेका थिए ।

सभाका उपाध्यक्ष एवम् नगर उपप्रमुख कमरुद्दिन राईले गत असार १० गते बसेको नगरसभाको १७औं अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ६४ करोड ७१ लाख ४६ हजार ६ सय ६६ रुपैयाँ ६७ पैसा बराबरको अनुमानित आयब्यय विवरण को लागि बजेट पेश गरेका थिए ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ६ : ०६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा