३० असार २०८३, मंगलबार | July 14, 2026

स्पेन भ्रमणमा गएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा सरकारी प्रतिनिधिमण्डलबाहेक अन्य व्यक्तिहरूको संलग्नताबारे गम्भीर प्रश्न उठिरहेका बेला गृहमन्त्री रमेश लेखकले छानबिन गर्न निर्देशन दिएका छन्।

सोमबार बिहान गृहमन्त्री लेखकले गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई उक्त विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका हुन्।

‘प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डलबाहेक स्पेन कस–कसले गएरु कुन विधि र कुन संस्थामार्फत स्पेन पुगे ? जानका लागि भिजिट भिसाको प्रबन्ध कसले गर्‍यो ? यस्ता सबै पक्षमा अनुसन्धान हुने छ’, गृहमन्त्री लेखकले बताएका छन्।

छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र मानव बेचबिखन अनुसन्धान ब्युरोलाई खटाइने भएको छ। गृहमन्त्री लेखकले यस विषयमा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेका छन्।

प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए। भ्रमणको क्रममा प्रतिनिधिमण्डलसँगै गैर-सरकारी व्यक्तिहरूको सहभागिता भएको आशंका उठेपछि यस विषयमा छानबिन सुरु गरिएको हो।

 

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १२ : ४० बजे

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगन्ज । बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं । विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल

भारत-नेपाल सीमाबाट ‘शंकास्पद’ अमेरिकी नागरिक पक्राउ

बुटवल । भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लाको भारत–नेपाल सीमाबाट एक

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता