५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

नक्कली नोट र लागु औषधको गिरोह प्रहरीको फन्दामा, कोहलपुरबाट अफिम र नक्कली नोट सहित पत्रकार पक्राउ

१२ लाख बढी नक्कली नोट र ३० किलो बढी अफिम बरामद



कोहलपुर । नक्कली नोट र १९ किलो अफिम सहित कोहलपुरबाट प्रहरीले आफुलाई पत्रकार बताउने एकजना र एक महिला पक्राउ गरेको छ ।

सुर्खेतबाट खटिएको लागु औषध अनुसन्धान ब्युरोको टोलीले कोहलपुर ११ मा कार्यालय रहेको जनगर्जन नेटवर्क प्रालिबाट १ हजारका ५१ थान नक्कली नोट र १९ किलो अफिम सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कालिकोट घर भएका आफुलाई अनलाईन टिभी पत्रकार भन्ने मान बहादुर शाही (सहकारी) र बाफेकोट नपा वडा न १० रुकुमकी सपना पुन रहेका छन् । सहकारी अनलाइन टिभि पत्रकार लुम्बिनीका सहसचिव रहेको बताइएको छ ।

सुर्खेत र छिन्चु गरी ३ जना र बाँके जिल्ला स्थित कोहलपुर गरी कूल ४ जनालाई प्रहरीले पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक माधव श्रेष्ठले बताए । पक्राउ परेकाहरुलाई अहिले केहीबेरमा सुर्खेत प्रहरीले सार्वजनिक गर्ने उनले जानकारी दिए । उनका अनुसार नियन्त्रण लिएका मध्ये १ जना महिला समेत छिन।

कर्णाली प्रदेश प्रहरीका अनुसार सुर्खेत र छिन्चुबाट १२ लाख ४९ हजार र ११ किलो अफिल तथा कोहलपुरमा १९ किलो अफिम र ५१ हजार  नक्कली नोट फेला परेको हो । तस्वीर सौजन्य : साहारा टिभी खबर

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १ : ४८ बजे

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी

विश्व पोलियो दिवसका अवसरमा काठमाडौंमा ‘मेगा पोलियो साइकल -याली’ हुने

काठमाडौं । विश्व पोलियो दिवसका अवसरमा पोलियो उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौं । नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको