५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

भारतबाट चोरी गरेर ल्याएको पन्ध्र तोला बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ



नेपालगन्ज । भारतबाट चोरी गरेर ल्याएको १५ तोला २५ लाल सुनका गरगहना र रु सात लाख ८७ हजार नगदसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट सुनका गहना र नगद चोरेर कोहलपुरस्थित होटेल न्यू कालीकोटेमा बसेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक रेशमलाल पौडेलको नेतृत्वमा गएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय, बाँकेकी प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालका अनुसार पक्राउ पर्नेमा कालीकोट रासकोट नगरपालिका–१ निवासी ४२ वर्षीय मनबहादुर शाही र ४२ वर्षीय तेजबहादुर शाही, कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–८ बस्ने १८ वर्षीय पङ्कज केसी, सोही पालिकाको वडा नं ८ निवासी ४५ वर्षीय प्रेमबहादुर खत्री र ३८ वर्षीया अनिता खत्री तथा नरहरिनाथ गाउँपालिका–९ बस्ने २८ वर्षीया सरिता शाही रहेका छन् ।

सोमबार पक्राउ गरेका उनीहरूलाई जिल्ला अदालत बाँकेबाट आज म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिइन् ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ९ : ३७ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही