२३ भदौ २०८३, मंगलबार | September 9, 2026

निर्माणाधिन बसपार्कको पर्खालले प्राकृतिक वहाव रोकिँदा खजुराका सयौँ हेक्टर जमिन डुबानमा



खजुरा । बाँकेको खजुरामा पानीको प्राकृतिक बहाव रोकिने गरि गाउँपालिकाले बसपार्क निर्माण थालेपछि सयौं हेक्टर जमिन डुबानमा परेका छन् । सदियौं वर्षबाट प्राकृतिकरुपमा बग्दै आएको पानीको वहावलाई छेक्ने गरि बसपार्क बनाउन थालिएपछि स्थानीयको जग्गा डुबानमा परेको हो ।

बसपार्क निर्माण गर्दा पानीको वहावलाई ध्यानमा राख्न भनिएपनि पालिकाका प्राबिधिकहरुले बेवास्ता गरेको जग्गा धनीहरुको गुनासो छ । कांग्रेस खजुराका सभापति समेत रहेका जग्गा धनी रमेश सिंजालीले प्राकृतिक वहावलाई रोकेर बसपार्क निर्माण गर्दा किसानको वर्षभरीको धान उत्पादन डुबेर नष्ट हुने बताए । उनले पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई त्यस सम्बन्धमा सचेत गराइएपनि गम्भीरताका साथ नलिएको बताए । पर्खाल बनाउँदा वहावलाई बग्न दिन पर्खालमा पानी जाने बाटो राखिएपनि पर्खाल भित्र माटो पुरिदिएपछि पानीको वहाव रोकिएको उनले बताए ।

अर्का जग्गाधनी विजय बुढाथोकीले विकासका नाममा जनताको विनास गर्न नहुने बताए । उनले पानीको वहावलाई प्राकृतिकरुपमा बग्न दिनुपर्ने बताए । त्यस क्षेत्रको पानी वषौंदेखि अहिले बन्दै गरेको बसपार्क क्षेत्रहुँदै गडैचा नालामा जाने गरेको उल्लेख गर्दै उनले बसपार्क निर्माणको नााममा पानीको वहाव नै रोकिएको बताए ।

खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विक तुफानले पर्खालभित्रको माटो हटाएर वहाव खोल्न ठेकेदार कम्पनीलाई आग्रह गरिएको बताए । पर्खाल निर्माण गर्दा पानी बग्ने स्थान राखिएको जनाउँदै उनले कम्पाउण्ड भित्र माटो पटान भएकाले पानीको वहाव रोकिएको बताए ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ९ : ४४ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी