२३ चैत्र २०८२, सोमबार | April 6, 2026

प्रचण्डले दिए ‘भ्रष्टाचारी सरकार’ विरुद्ध सडक संघर्षको चेतावनी



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा बढ्दो भ्रष्टाचारप्रति तीव्र असन्तोष व्यक्त गर्दै सडक संघर्षको चेतावनी दिएका छन् ।

ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’को उद्घाटन गर्दै उनले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको भन्दै अब जनस्तरबाटै दबाब सिर्जना गर्नुपर्ने बताए ।

“यदि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त रहिरह्यो भने, हामी बाध्य भएर छिट्टै सडकबाटै आन्दोलन गरेर हटाउनु पर्ने हुन्छ”, प्रचण्डको चेतावनी थियो । संसदमा प्रतिपक्षको हैसियतले निरन्तर रूपमा भ्रष्ट्राचारको विरोध गर्दै आएको उल्लेख गर्दै उनले युवालाई पनि यस अभियानमा अग्रसर हुन आह्वान गरे ।

उनले वाइसिएल नेपालले सुरु गरेको श्रम र उत्पादन अभियानलाई पार्टीको ‘उत्पादन ब्रिगेड’ को निरन्तरता भएको उल्लेख गरे । कार्यक्रममा सहभागी हुँदै प्रचण्डले स्वयंसेवकहरूसँग इँटा बोक्ने, घाँस काट्ने, वृक्षारोपण गर्ने, र चौर सरसफाइ जस्ता कार्यमा प्रत्यक्ष श्रम पनि गरे ।

कार्यक्रममा माओवादी केन्द्रका सयौं युवाको उपस्थिति थियो भने वाइसिएलले देशभर ५५ स्थानबाट अभियानको एकैसाथ सुरुवात गरेको जानकारी दिइएको थियो ।

प्रचण्डले युवालाई उत्पादन, समृद्धि र स्वाभिमानी अर्थतन्त्र निर्माणको अग्रपंक्तिमा उभिन प्रेरित गर्दै भने, “यो अभियान माओवादी आन्दोलनको वैचारिक र व्यवहारिक गहिराइसँग जोडिएको विषय हो ।”

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  १ : २७ बजे

फेवाताल जग्गा प्रकरणमा आफै ठगिए गृहमन्त्री सुधन गुरुङ, कानुनी उपचारमा जाने

काठमाडौं । भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ