१ पुस २०८२, मंगलबार | December 16, 2025

यादव सचिवालयको आरोप – ‘बा’ को राज रहुन्जेल सगोत्रीहरूलाई जे गर्न पनि छुट छ



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीमाथि घूस लिएको गम्भीर आरोप लागेका बेला जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कडा कटाक्षा गरेको छ ।

यादवको सचिवालयले बुधबार बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री ओली घुस प्रकरणमा मौन बसेको आरोप लगाएकोछ । सचिवालयले मन्त्री अधिकारीमाथि लागेको घूस प्रकरणमा प्रधानमन्त्री ओलीको शीतल मौनता “सगोत्री संरक्षण” को संज्ञामा व्याख्या गरेको छ ।

यादव सचिवालयले लेखेको छ, “ढुक्क हुनुस्, भूमिमन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन। बालुवाटार र च्यासलको शिरमा ‘बा’ को राज रहुन्जेल उनका सगोत्री पार्टनरहरूलाई जे गर्न पनि छुट छ।”

मंगलबार मात्र सार्वजनिक भएको एक अडियोमा मन्त्री अधिकारीले पोखराको बाटुलेचौरस्थित १३४ रोपनी जग्गा “सेटिङ” मिलाएर दर्ता गराइदिने सर्तमा ३२ लाख रुपैयाँ घूस लिएको दाबी गरिएको छ। अडियोमा एमालेका स्थानीय नेता सुजन लामामार्फत सो रकम मन्त्री क्वार्टरमै बुझाइएको उल्लेख छ। यस प्रकरणमा अधिकारीका छोरा मनोज र भूमि मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेलको संलग्नता पनि देखाइएको छ ।

यादवको सचिवालयले यस घटनालाई केही दिनअघि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको राजीनामासँग पनि जोडेको छ।

“राजकुमार गुप्ता मधेश मूलका थिए, र उनलाई अडियो प्रकरणका कारण राजीनामा दिन बाध्य पारियो। तर बिचौलिया र भ्रष्टाचारको संरक्षक ‘बा’ को सगोत्री भएको भए, अझ ठूलो काण्डमा मुछिए पनि पदमा टाँसिइरहन्थे,” भनिएको छ।

गुप्तामाथिको अडियो प्रकरणमा पनि भूमिमन्त्री अधिकारीको नाम मुछिए पनि दुई मन्त्रीमाथिको व्यवहारमा देखिएको भेदभावमाथि यादव सचिवालयले टिप्पणी गरेको हो ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ३ : ३१ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष