३ चैत्र २०८२, मंगलबार | March 17, 2026

यादव सचिवालयको आरोप – ‘बा’ को राज रहुन्जेल सगोत्रीहरूलाई जे गर्न पनि छुट छ



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीमाथि घूस लिएको गम्भीर आरोप लागेका बेला जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कडा कटाक्षा गरेको छ ।

यादवको सचिवालयले बुधबार बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री ओली घुस प्रकरणमा मौन बसेको आरोप लगाएकोछ । सचिवालयले मन्त्री अधिकारीमाथि लागेको घूस प्रकरणमा प्रधानमन्त्री ओलीको शीतल मौनता “सगोत्री संरक्षण” को संज्ञामा व्याख्या गरेको छ ।

यादव सचिवालयले लेखेको छ, “ढुक्क हुनुस्, भूमिमन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन। बालुवाटार र च्यासलको शिरमा ‘बा’ को राज रहुन्जेल उनका सगोत्री पार्टनरहरूलाई जे गर्न पनि छुट छ।”

मंगलबार मात्र सार्वजनिक भएको एक अडियोमा मन्त्री अधिकारीले पोखराको बाटुलेचौरस्थित १३४ रोपनी जग्गा “सेटिङ” मिलाएर दर्ता गराइदिने सर्तमा ३२ लाख रुपैयाँ घूस लिएको दाबी गरिएको छ। अडियोमा एमालेका स्थानीय नेता सुजन लामामार्फत सो रकम मन्त्री क्वार्टरमै बुझाइएको उल्लेख छ। यस प्रकरणमा अधिकारीका छोरा मनोज र भूमि मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेलको संलग्नता पनि देखाइएको छ ।

यादवको सचिवालयले यस घटनालाई केही दिनअघि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको राजीनामासँग पनि जोडेको छ।

“राजकुमार गुप्ता मधेश मूलका थिए, र उनलाई अडियो प्रकरणका कारण राजीनामा दिन बाध्य पारियो। तर बिचौलिया र भ्रष्टाचारको संरक्षक ‘बा’ को सगोत्री भएको भए, अझ ठूलो काण्डमा मुछिए पनि पदमा टाँसिइरहन्थे,” भनिएको छ।

गुप्तामाथिको अडियो प्रकरणमा पनि भूमिमन्त्री अधिकारीको नाम मुछिए पनि दुई मन्त्रीमाथिको व्यवहारमा देखिएको भेदभावमाथि यादव सचिवालयले टिप्पणी गरेको हो ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ३ : ३१ बजे

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी