२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

साफ यु-२० महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्ने



काठमाडौं । २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आफ्नो पाँचौँ खेलमा नेपालले आज (शनिबार) भुटानसँग खेल्दैछ । बंगलादेशको ढाकास्थित बसुन्धरा खेल मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुने खेलमा नेपाल चौथो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिँदै ।

प्रतियोगितामा भुटानसँग नेपालको यो दोस्रो भेट हो । यसअघि असार २७ गते शुक्रबार भएको खेलमा भुटान नेपालसँग ६-१ गोलले पराजित भएको थियो ।

यस्तै, नेपालले श्रीलंकालाई दुई खेलमा हराएको छ भने बंगलादेशसँग पराजित भएको थियो । नेपाल, भुटान, बंगलादेश र श्रीलङ्का गरी चार टोली सहभागी प्रतियोगिता डबल राउण्ड रोबिन पद्धतिमा भइरहेको छ ।

जारी प्रतियोगितामा बंगलादेश १२ अंकसहित शीर्षस्थानमा रहँदा नेपाल ९ अंकसहित दोस्रो स्थानमा छ । यस्तै ३ अंक भएको भुटान तेस्रो स्थानमा छ । अब नेपालले आफ्नो अन्तिम खेल सोमबार बंगलादेशसँग खेल्ने छ ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ९ : ११ बजे

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु

राप्रपाको ‘नो इन्ट्री’ निर्णयले बागमतीको सत्ता समीकरण थप पेचिलो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा

प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक संसद्मा प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे