२० मंसिर २०८२, शनिबार | December 6, 2025

साफ यु-२० महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्ने



काठमाडौं । २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आफ्नो पाँचौँ खेलमा नेपालले आज (शनिबार) भुटानसँग खेल्दैछ । बंगलादेशको ढाकास्थित बसुन्धरा खेल मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुने खेलमा नेपाल चौथो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिँदै ।

प्रतियोगितामा भुटानसँग नेपालको यो दोस्रो भेट हो । यसअघि असार २७ गते शुक्रबार भएको खेलमा भुटान नेपालसँग ६-१ गोलले पराजित भएको थियो ।

यस्तै, नेपालले श्रीलंकालाई दुई खेलमा हराएको छ भने बंगलादेशसँग पराजित भएको थियो । नेपाल, भुटान, बंगलादेश र श्रीलङ्का गरी चार टोली सहभागी प्रतियोगिता डबल राउण्ड रोबिन पद्धतिमा भइरहेको छ ।

जारी प्रतियोगितामा बंगलादेश १२ अंकसहित शीर्षस्थानमा रहँदा नेपाल ९ अंकसहित दोस्रो स्थानमा छ । यस्तै ३ अंक भएको भुटान तेस्रो स्थानमा छ । अब नेपालले आफ्नो अन्तिम खेल सोमबार बंगलादेशसँग खेल्ने छ ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ९ : ११ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय