१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

वर्षमानको दाबी : ओलीको प्रतिशोधको श्रृंखला आरजुमा गएर टुंगिन्छ



काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछानेबाट सुरू गरेको प्रतिशोधको यात्रा कांग्रेस नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवासम्म पुग्ने दाबी गरेका छन्।

शनिबार राजधानीमा आयोजित माओवादी केन्द्र निकट गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिको पार्टी स्कुल कार्यक्रममा बोल्दै पुनले प्रधानमन्त्री ओलीले विभिन्न दलका नेताहरूमाथि निरन्तर बदला लिने नीति अख्तियार गरेको आरोप लगाएका हुन्।

“अब कांग्रेसमा हलचल देखियो भने ओलीले आरजु राणालाई मुद्दा लगाउने योजना बनाइरहनुभएको छ,” उनले भने, “आरजुको पालो आइसक्यो भनेर कांग्रेस नेतृत्वलाई धम्क्याइरहनुभएको छ।”

भिजिट भिसा प्रकरणमा रमेश लेखक र टेरामक्स खरिद मुद्दामा मोहनबहादुर बस्नेतलाई मुछेर कांग्रेस सभापति शेरबहादुर देउवालाई दबाबमा पार्ने कोसिस गरिरहेको आरोप पनि उनले लगाए।

आफूविरुद्ध बोल्नखोज्ने जो कोहीलाई पनि फाइल तयार पारेर तर्साउने काम ओलीले गरिरहेको उनले दाबी गरे ।

पुनका अनुसार सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेर पार्टी विभाजन गराउने योजना ओलीको रहेको थियो। उनले यस्तै नियतले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध मुद्दा चलाएर पार्टी एमालेमा गाभ्ने प्रयास भएको पनि विश्लेषण गरे ।

पुनले जसपा पार्टी विभाजन गरेर एक पक्षलाई आफ्नै पक्षमा ल्याउने रणनीति ओलीले बनाएको उल्लेख गर्दै उनले भने, “अरु पार्टीलाई कमजोर पार्न मुद्दा लगाउने, पार्टी टुक्र्याउने वा आफूमा मिसाउने ओलीको नीति देखिएको छ ।”

पुनले प्रचण्ड विरुद्ध सीआईबी, सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग गरेर फसाउने रणनीति ओलीले एक वर्षअघि नै बनाएको दाबी गरे। “ती सबै प्रयासबाट केही निस्केन, त्यसपछि कुनै बेला प्रचण्डको पीए बसेका विकेश श्रेष्ठलाई जोडेर शेरा दरबारसम्म पुग्न खोजेको उनले जिकिर गरे ।

प्रचण्डले आफुमाथि शेरा दरबारबाट सुरु गरेर यती, ओम्नी, वाइडबडी, बालुवाटार र गिरिबन्धु जस्ता मुद्दाहरूको निष्पक्ष छानबिनको माग संसदबाटै गरेपछि ओली मौन बसेको उनले बताए । ओलीको निरंकुश भ्रष्ट प्रवृत्तिविरुद्ध आफुहरुले संघर्ष गरिरहेको पुनले बताए ।

पुनले ओली नेतृत्वको सरकारको एक वर्ष बेथिति, भ्रष्टाचार र बिचौलियापोषणमै बितेको आरोप पनि लगाए।

 

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ४ : ४७ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि