१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ



किमाथाङ्का । सङ्खुवासभामा हत्या प्रकरणका अभयुक्त २१ वर्षपछि पक्राउ परेका छन् ।

भोजपुरको जरायोटारका ३६ वर्षीय पर्शुराम विश्वकर्माको हत्या प्रकरणका अभियुक्त २१ वर्षपछि पक्राउ परेका हुन् । हत्यालगत्तै फरार भएका चैनपुर नगरपालिका–९ खाम्लिङका ६२ वर्षीय शम्शेरबहादुर तामाङलाई २१ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

भोजपुरका ३६ वर्षीय तामाङको २०६१ साल चैत २२ गते खाँदबारी नगरपालिका–९ तुम्लिङटारबाट चैनपुर नगरपालिका–११ सातटारेतर्फ जाँदै गर्दा ३६ वर्षीय विश्वकर्माको हत्या भएको थियो । प्रहरीले सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले ६२ वर्षीय तामाङलाई खाम्लिङस्थित घर नजिकैबाट पक्राउ गरेको प्रहरी निरीक्षक लामिछानेले बताए । हत्या प्रकरणमा संलग्न तामाङ कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भए पनि फरार थिए ।

पुनरावेदन अदालत धनकुटाले २०६९ असार १७ गते दुई वर्ष कैद सजाय सुनाएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा हालसम्म तीन जना पक्राउ परिसकेका छन् । सङ्खुवासभामा गत आर्थिक वर्ष २८ जना फरार प्रतिवादी पक्राउ परेका छन् । चालु आर्थिक वर्षको सुरुआतमा एक फरार प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : ५९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा