१० चैत्र २०८२, मंगलबार | March 24, 2026

एमाले केन्द्रीय कमिटी बैठक : पूर्वराष्ट्रपतिको सदस्यताबारे निकास दिँदै आज सम्पन्न हुने



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवौँ केन्द्रीय कमिटीको आजको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, सङ्गठनातत्मक व्यवस्थालगायत विषयमा छलफल जारी छ ।

ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज दोस्रो दिनको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि ५८ जनाले आफ्नो धारणा राखेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । हिजो पहिलो दिन ४९ जनाले आफ्नो धारणा राखेका थिए ।

प्रतिवेदनमा अझै ७७ जनाले आफ्नो धारणा राख्न बाँकी छ । प्रचार विभाग प्रमुख गौतमले आजको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने विषय, पार्टी सदस्यता र सङ्गठित सदस्यताको व्यवस्था गर्नेलगायत विषयमा धारणा राखेको गौतमले जानकारी दिए ।

“मातहतका कमिटी मुख्य गरेर निर्वाचन क्षेत्रीय समन्वय कमिटी र प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई संविधान अनुकूल कार्यकारी कमिटी बनाउनुपर्छ भन्ने कुरालाई जोड दिएर उठाइएको छ”, उनले भने, “सबैतिरको रिपोर्टिङअनुसार पार्टीको एक लाख ३९ हजार सदस्यता वृद्धि भएको छ । यो प्रतिशतका हिसाबले करीब २८ प्रतिशत हो ।”

प्रचार विभाग प्रमुख गौतमले बैठकमा सरकारको प्रभावकारिता, मूल्यवृद्धिलगायत विषयमा पनि केन्द्रीय सदस्यहरूले कुरा उठाएको जानकारी दिए । पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरण र पार्टीमा प्रवेश गर्ने कुरालाई अधिकांश केन्द्रीय सदस्यले उठाएको पनि उहाँले जानकारी दिए ।

केन्द्रीय कमिटीमा प्रस्तुत गरिएको उपाध्यक्षको विधान संशोधन प्रस्ताव प्रतिवेदन र महासचिव पोखरेलको साङ्गठनिक प्रतिवेदन यसअघि सचिवालय र पोलिटब्यूरो बैठकले पारित गरेका थिए । प्रचार विभाग प्रमुख गौतमले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले महत्त्वपूर्ण सम्बोधन गर्दै आजै बैठक समापन गर्नेछन् । बैठक सोमबारदेखि सुरु भएको हो ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ७ : ०१ बजे

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको