१४ जेष्ठ २०८३, बिहिबार | May 29, 2026

कसैले चाहँदैमा पार्टीको अस्तित्व समाप्त हुँदैन : माधव नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कसैले चाहँदैमा आफ्नो पार्टीको अस्तित्व समाप्त नहुने धारणा राखेका छन् ।

पुष्पलाल स्मृति प्रतिस्ठानद्वारा आज कीर्तिपुर नगरपालिका–४ स्थित पुष्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले समाजवाद प्राप्तिको आन्दोलनमा पुष्पलालको प्रेरणाबमोजिम अघि बढ्नुपर्ने उनले बताए ।

पुष्पलालले तत्कालीन सामाजिक परिस्थितिको सही विश्लेषण गर्नुभएको उल्लेख गर्दै उनले आफूले पनि नेकपा (एमाले)को नेतृत्व गर्दा सही विश्लेषण गरी गणतन्त्रमा जाने निर्णय गरेको जानकारी दिए ।

“त्यतिबेला उक्त निर्णयविरुद्ध धारणा राख्नेहरू थिए”, उनले भने, “त्यसअघि मदन भण्डारीले पनि परिस्थितिलाई ठीक ढङ्गले बुझ्नुभएको थियो । तपाईँहरूले पनि ठिक ढङ्गले बुझ्नुपर्छ । निराशा फैलाउने काम कसैले गर्नु हुँदैन ।”

पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजतन्त्रको अन्त्यसँगै मुलुकमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भए पनि दलाल नोकरशाही पुँजीवाद हाबी भएको बताए ।

 

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ११ : ५४ बजे

विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन/सिफारिस आह्वान

काठमाडौँ । परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकहरूका लागि रिक्त नेपालको राजदूत

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिका र इरान

तेहरान । मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त

कालिगण्डकीमा खसेर रुपन्देहीका एक बालक बेपत्ता

म्याग्दी । म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालिगण्डकी नदीमा

छोरी हत्या अभियोगमा आमा पक्राउ

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई

बदली र वर्षाले आगामी केही दिन शीतल महसुस हुने

काठमाडौँ । पछिल्लो केही दिनदेखि नेपालको तराई क्षेत्रमा तापक्रम घट्दा