३० असार २०८३, मंगलबार | July 14, 2026

भारतबाट २ हजार बढी काँवरियाहरु खडेश्वर जुङ्गे महादेवमा जल चढाउन नेपालगन्जमा



नेपालगन्ज । श्रावण महिनाको पवित्र अवसर पारेर नेपालगन्जको बागेश्वरी परिषर स्थित खडेश्वर जुङ्गे महादेवमा जल चढाउन २ हजार बढीको संख्यामा भारतिय भक्तजन नेपालगन्ज प्रवेश गरेका छन् । भारतको उत्तर प्रदेश राज्यअन्तर्गत पर्ने सीमावर्ती तहसील नानपारा क्षेत्रका करिब २ हजार ५ सय कावर यात्रीहरू ‘मैत्रीपूर्ण सम्बन्ध’ प्रवर्धनको उद्देश्यसहित नेपालगन्जमा अवस्थित खडेश्वर जुङ्गे महादेवलाई ‘मैत्री जल’ चढाउन सरयू नदीको पवित्र जल लिएर नेपालगन्ज प्रवेश गरेका हुन् ।

नव युवक काँवरिया संघका तहसील अध्यक्ष कुंवर बद्रीनाथ प्रताप सिंहको नेतृत्वमा आएको उक्त टोलीले सरयू नदीको शिवपुर तकिया घाटबाट जल लिएर ऐतिहासिक श्री बागेश्वरी मन्दिर पुगेको  भारत रुप्रडिहाका पत्रकार शन्तोष शुक्लाले जनाएका छन् ।

यात्राको मुख्य उद्देश्य दुई देश — भारत र नेपाल — बीचको धार्मिक, साँस्कृतिक र मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउनु रहेको उल्लेख गरिएको छ ।

पछिल्ला २५ वर्षदेखि सीमावर्ती क्षेत्रका काँवरियाहरुले हरेक वर्ष जुंगे महादेवलाई जल अर्पण गर्दै आइरहेका छन् । यस पटकको यात्रामा राजेश पटेल, रवि वर्मा, जगतराम पटेल लगायतको विशेष सहयोग रहेको आयोजक नवयुवक काँवरिया संघले जनाएको छ ।

गएराती भारतको रूपैडिहास्थित संकट मोचन हनुमान मन्दिरमा काँवरियाहरूको स्वागत कार्यक्रम सम्पन्न भएको थियो । जहाँ रामचन्द्र जयसवाल, अनुप अग्रवाल लगायतका स्थानीय व्यक्तिहरूले स्वागत तथा भण्डारा आयोजना गरेका थिए । राति उक्त मन्दिरमा विश्राम गरी आज बिहान ६ बजे भारत–नेपाल सीमा नाका खुल्ने बित्तिकै यात्रुहरू बागेश्वरी मन्दिरतर्फ प्रस्थान गरेका हुन् । यो यात्रा धार्मिक मात्र नभइ, दुई देशबीचको सांस्कृतिक सहकार्य र सद्भावको प्रतीकका रूपमा हेरिएको छ ।

तस्बिर सौजन्य : समिरमान श्रेष्ठ

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ९ : ५१ बजे

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित

विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौं । काठमाडौंको बौद्धमा रहेको खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद, २० हजार रुपैयाँ जरिवाना

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका

निगमले भोलिदेखि देशभर एलपी ग्यासको भरी सिलिन्डर बेच्ने, मूल्य पनि तोकियो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति

रुपन्देहीका कृषि व्यवसायी शशी शर्मा पौडेल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर