२९ असार २०८३, सोमबार | July 13, 2026

वर्षाले उपत्यकामा केही राहत, चार ठाउँमा भारी वर्षा



काठमाडौँ । केही समययता गर्मी महसुस गरिरहेको काठमाडौँ उपत्यकालगायत केही जिल्ल्लामा आज साँझ परेको वर्षाले शीतल हुँदा केही राहत महसुस भएको छ । काठमाडौँ उपत्यकामा आज मध्यम वर्षा भएको छ ।

पछिल्लो ६ घण्टामा देशका केही ठाउँमा भारी वर्षा समेत भएको छ । तराईलगायत क्षेत्र सुक्खा हुँदा यसपटक खण्डीकृत वर्षा भइरहेको छ । रसुवालगायत क्षेत्रमा ठूलो क्षति हुने गरी बाढी आउँदा तराईलगायतका विभिन्न जिल्ला सुक्खा बनिरहेका बेला आज पनि केही क्षेत्रमा भने भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज पछिल्लो ६ घण्टामा मात्रै एक ठाउँमा अति भारी र चार ठाउँमा भारी वर्षा भएको छ । सबैभन्दा बढी पानी सिन्धुपाल्चोकमा भएको छ । त्यहाँको गोब्रे वर्षा मापन केन्द्रमा ११७ मिलीमिटर वर्षा भएको हो ।

यस्तै सिन्धुपाल्चोककै तारके घ्याङमा ५३।४ मिलीमिटर पानी परेको छ । यस्तै मकवानपुरको मार्खुमा ५२।२ मिलीमिटर, मकवानपुरकै सिलिङेमा ६५।४ मिलीमिटर, डोटीको झिङरानमा ५८।४ मिलीमिटर पानी परेको छ ।

विभागका अनुसार ५० देखि १०० मिलीमिटर वर्षालाई भारी वर्षाका रुपमा चिनिन्छ । विभागका सूचना अधिकारी दिनाकर कायस्थले मनसुन कमजोर रहेको र राम्ररी सक्रिय हुन नसकिरहेको बताए । विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास नै छ । आउँदो २४ घण्टामा पनि क्षणिक वर्षा हुने भएकाले गर्मी यथावत नै रहने जनाइएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  १० : ४२ बजे

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले

सभामुखप्रति कांग्रेसको असन्तुष्टि : ‘विपक्षको नाडी छाम्ने होइन, निष्पक्ष भूमिका निर्वाह गरुन!’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार

बिभिन्न सुरक्षा चेकपोइन्ट पार गर्दै पोखरा पुगेका लागुऔषध कारोबारेहरु पोखराबाट पक्राउ

पोखरा । लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की