१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

‘लुम्बिनी प्रदेश धार्मिक र प्राकृतिक पर्यटकीय सम्भावनाले भरिपूर्ण छ’



नवलपरासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यो प्रदेश धार्मिक र प्राकृतिक पर्यटकीय सम्भावनाले भरिपूर्ण रहेको बताएका छन् ।

बर्दघाट सुस्ता(पश्चिम नवलपरासीको सुनवल नगरपालिका(१० खखरीबारीस्थित श्री हरिहर ॐ कारेश्वर महादेव मन्दिरमा सुरु भएको श्रावणी महामहोत्सवलाई आज सम्बोधन गर्दै उनले यहाँका धार्मिक र प्राकृतिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न प्रदेश सरकारले स्पष्ट दृष्टिकोण बनाएको बताए ।

मुख्यमन्त्री आचार्यले भने,“यो भूमि आफैँमा पवित्र छ । तपोभूमि हो । संसारमा अन्यत्र नपाइने सालिग्राम यही कालीगण्डकी नदीमा पाइन्छ । यस्तो अद्वितीय धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थललाई विश्वसामु चिनाउने सम्भावना लुम्बिनी प्रदेशमा छ ।”

उनले लुम्बिनीलाई गौतम बुद्धको जन्मस्थलसहित, संस्कृति व्याकरणका प्रवर्तक पाणिनि ऋषिको जन्मभूमिका रूपमा समेत परिचित गराउँदै प्रदेशको सांस्कृतिक गौरवलाई उजागर गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री आचार्यले धार्मिक आस्थासँग जोडिएका स्थलहरूको संरक्षण र प्रवर्द्धनमा प्रदेश सरकार गम्भीर भएर लागेको उल्लेख गर्दै भने, “धार्मिक तथा प्राकृतिक रूपमा पर्यटकीय स्थलहरूको विकासका लागि प्रदेश सरकारले योजनाबद्ध कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । थप नयाँ योजना बनाएर ती क्षेत्रको विकासमा अघि बढ्ने तयारीमा छौँ ।”

उनले समाजसेवाका लागि सबै नागरिकलाई कम्तीमा आफ्नो आम्दानीको १० प्रतिशत दान, पुण्य र पवित्र कार्यमा लगानी गर्नसमेत आह्वान गरे । “ऋण खोजेर दान गर्ने होइन, तर कमाइको केही हिस्सा समाजसेवामा खर्च गर्न जरुरी छ”, उनले भने ।

मुख्यमन्त्री आचार्यले उत्तरबाहिनी गङ्गा कार्यक्रममार्फत धार्मिक नदी क्षेत्रको संरक्षण, व्यवस्थापन र आध्यात्मिक पर्यटन प्रवर्द्धनमा महत्त्पूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । खखरीबारी क्षेत्रको संरक्षण, पूर्वाधार विकास र प्रवर्द्धनका लागि दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने बताउँदै उनले यसलाई महत्त्वपूर्ण धार्मिक गन्तव्यका रूपमा स्थापित गर्नेगरी काम गरिने उल्लेख गरे ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ८ : १२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा